ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन, विद्यार्थी सङ्ख्या बढ्दै


admin
४ चैत्र २०७५, सोमबार   १२ : ३५   बजे

पोखरा, ४ चैत । अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । 

चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी सङ्ख्या बढेको छ, यसले शिक्षाको गुणस्तर पनि बढेको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले बताउनुभयो । 

विद्यालयमा प्राविधिक शिक्षाका लागि शिक्षा मन्त्रालयअन्तर्गतको कक्षा ९–१२ मा सिभिल इञ्जिनीयरिङ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) मा एसइईपछिको तीन वर्षे सिभिल इञ्जिनीयरिङ पढाउन प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम स्वीकृत भएसँगै आउने शैक्षिक सत्रदेखि नै कक्षा चलाउने तयारी गरेका छौँ ।” 

नेपाली माध्यममा पढाइ हुँदा विसं २०७१ मा ३५० विद्यार्थी पढ्थे । त्यसले विद्यार्थीको आकर्षण बढ्न नसकेपछि अङ्ग्रेजीमासमेत पढाउन थालिएको हो । त्यसपछि वर्षेनी विद्यार्थी सङ्ख्या बढ्दै २०७२ मा ५२१, २०७३ मा ६९१, २०७४ मा ९४० हुँदै २०७५ मा एक हजार १३२ विद्यार्थी पुगेको हो ।

अघिल्लो वर्ष एसइई परीक्षामा १२ विद्यार्थीले ‘ए’ प्लस, २३ ले ‘ए’, २४ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ थिए । उक्त परीक्षामा विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए । यस वर्ष एसइईमा ७९ विद्यार्थी सहभागी हुने विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले बताउनुभयो । 

एसइईमा विद्यार्थीले राम्रो नतिजा ल्याउन् भन्ने अभिप्रायले गत मङ्सिरदेखि विद्यलायमा आवासीय पठनपाठन थालिएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकाल अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्दै गएको बताउनुहुन्छ । 

गुणस्तरीय शिक्षाका लागि त्यही किसिमका पूर्वाधार विकासलाई पनि आफूँहरूले प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रविधिमा आधारित शैक्षिक कार्यक्रमको विकास गर्न सम्बन्धित निकायमा पहल भैइरहेको जानकारी दिनुभयो । 

“प्रविधिमा आधारित शिक्षाका लागि पोखरा महानगरपालिका र सूचना विभागसँग सहयोगका लागि प्रस्ताव पेश गरिएको छ ”, उहाँले भन्नुभयो, “कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउँदै पठनपाठनमा चक, डस्टर तथा कागजकोे प्रयोग हटाउने दीर्घकालीन सोच छ ।” 

विद्यालयका साथै आफ्ना बालबालिकाको हाजिरी, गृहकार्य लगायतका विषयमा अभिभावकले दैनिक थाहा पाउने गरी अघिल्लो वर्षबाट विद्यालयले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । सरस्टीका नामक उक्त एप सञ्चालनसँगै विदेशमा सेवा, पेशा व्यवसायका क्रममा पुगेका अभिभावकले आफ्ना केटाकेटी विद्यालय आए नआएको, गृहकार्य गरे नगरेकोबारे जानकारी लिने गरेका छन् । 

पोखरा महानगरपालिका–३३ भित्रका विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिवृद्धिको विषयलाई वडा कार्यालयले उच्च प्राथमिकतामा राखेको वडा शिक्षा समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो । “गुणस्तरीयतासँगै विद्यार्थीमा व्यवहारिकता, नैतिकता जस्ता शिक्षाका महत्वपूर्ण पक्षमा सबैको चासो जानु आवश्यक छ ”, उहाँले भन्नुभयो । वडामा भूगोल सुहाउँदो प्राविधिक शिक्षा कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा आफू लागेको उहाँको भनाइ थियो । 

वडामा अघिल्लो वर्ष विद्यालयबाहिर रहेका सबैलाई विद्यालयमा ल्याउने गरी थालिएको अभियान सफल भएको वडा सदस्य दीपक लामिछानेले बताउनुभयो । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि महानगरपालिकाबाट पनि शिक्षा नीति बन्दै गरेको जानकारी दिँदै उहाँले शिक्षक, विद्यार्थी तथा अभिभावकको सामुहिक प्रयासमा गुणस्तरियता कायम गर्न सकिने धारणा राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group