ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारीबाट नै केरा उठाएर डोको भर्छन् पौडेल


admin
४ चैत्र २०७५, सोमबार   २ : १२   बजे


बलेवा, ४ चैत । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रुपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले किसानको बारीबाट नै केरा उठाएर डोको भर्छन् र बजार लग्छन् । आफ्नै बारीको केरा पनि दैनिकी धान्ने उनको अर्को स्रोत हो । 

प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा नजीकै रहेको उनको सानो किराना पसलमा नून, तेल, चिनी, चियापत्तीभन्दा दोब्बर केराको कारोबार हुन्छ । उनले बिक्री गर्ने केराका लागि कहिल्यै बाहिरबाट आयात गर्नु परेन । बरु उनले आफ्नो सम्पर्कमा रहेका किसानको बारीमा फलेका केरा सेरा बजारभन्दा बाहिर निर्यात गर्ने गरेका छन् । 

पौडेलको घर साविकको कुश्मीशेरा गाविस वडा नं २ मा पर्छ । वरिपरि बारी मात्रै रहेको गाउँ अहिले केराको बगान जस्तै देखिन्छ । उनको तीन मुरी कोदो फल्ने बारीमा केराको बगान छ । वर्षात्को समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर पौडेलले वर्षमा झण्डै तीन लाख रुपैयाँको केरा बिक्री गर्दैआएका छन् ।

“मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा १८ हजार रुपैयाँ कमाइ हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति,” पौडेलले भने – “समयमा पानी र मल दिए राम्रो फल्ने केराले अहिले मेरो दैनिकी नै बदलिदिएको छ ।” सुख्खा रातो माटो रहेको खौर, किसेकको डाँडामा वर्षात्को समयमा मात्रै खेती हुने गरेको थियो । पछिल्लो समय उक्त गाउँका किसानहरुले परम्परागत खेतीलाई परिवर्तन गरेर केराखेती थालेका छन् । 

सूर्यको जस्तै खौरका ऋषिराम शर्माले चार रोपनी बारीमा केराखेती गरेका छन् । अहिले भने हिउँद बर्खा दुबै याममा राम्रो फसल दिएकाले उनी केरा खेतीप्रति सन्तुष्ट छन् । शर्माले केराका लागि आवश्यक मलको जोहो गर्न गाईभैंसी पालेका छन् । खानेपानीका लागि प्रयोग भैरहेको पानीलाई बचत गरेर केरामा सिँचाइ गर्ने गरिएको छ । 

किसेकका अग्नीधर शर्मा पेशाले शिक्षक हुन् । उनको चार रोपनी घरबारीमा केराखेती छ । केराको बोटभित्र उनले कफीको खेती गरेका छन् । तीन मुरी कोदो र चार मुरी मकै फल्ने बारीमा लगाएको कफी र केराबाट शर्माले वार्षिक पाँच लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्ने गरेका छन् । कोदो, मकै लगायतका परम्म्परागत खेती गर्दा मेहनत धेरै र उत्पादन कम हुने भएकाले खौर र किसेकका किसानहरु केराखेतीतर्फ आकर्षित भएका हुन् ।

केही वर्ष पहिलेसम्म रातो डाँडो देखिने उक्त गाउँ पछिल्लो समय केराको बगानले हरियाली बनेको छ । खौर किसेकका किसानले मात्रै होइन हरेक पेशा व्यवसायमा रहेका व्यक्तिहरुले धेरै थोरै आफ्नो जमीनमा केराखेती गर्दैआएका छन् । 

“पहिले रातो डाँडो देखिने हाम्रो गाउँ हरियाली बनेको छ,” जैमिनी–१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्माले भने – “केही वर्ष पहिलेदेखि नै हाम्रा दाजुभाइले केराखेती गर्दैआएका छन् । प्रतिफल राम्रो पाएकाले सबैमा सन्तुष्टि पनि छ ।” खौर किसेकमा रहेका १५ देखि २० परिवारको घरखर्च चलाउने गतिलो माध्यम केराखेती बनेको छ । “केराबाट भएको आम्दानीले हामीले घर खर्च मात्रै चलाएका छैनौं, छोराछोरी पनि पढाउँछौं ।” 

अर्का किसान थानेश्वर पौडेलको बारीमा रामरेखे लोकल र चिनियाँ चम्पा जातको अग्लो केराका बोटहरु छन् । अन्य जातभन्दा यी दुई जातका केराबाट धरै वर्षसम्म निरन्तर उत्पादन लिन सकिने जैमिनी नगरपालिकाका कृषि प्रविधिज्ञ रवीन्द्र शर्माले बताए । 

बारीमै आउँछन् व्यापारी 

खौर र किसेकमा उत्पादन भएको केराका लागि बजारको समस्या नभएको किसानहरु बताउँछन् । स्थानीय कुश्मीशेरा बजार र जिल्ला सदरमुकामसम्म यहाँको केरा बिक्री हुने गरेको छ । छिमेकी जिल्ला पर्वत सदरमुकाममा समेत केरा बिक्री हुने गरेको किसान गंगाराम पौडेलले बताए । केरा खरिद गर्न व्यापारीहरु उनीहरुकै बारीमा आउने गरेका छन् । उनका अनुसार काँचो केराको चार रुपैयाँ प्रतिगोटा र पाकेको केराको पाँच रुपैयाँ प्रतिगोटा बारीबाटै बिक्री हुने गरेको छ । 

“बारीमै नगद गनेर जान्छन्, बजारको समस्या छैन,” पौडेलले भने – “प्रायः एउटै व्यापारी पटक पटक केरा खरिदका लागि आउने गरेका छन् ।” स्थानीय जातको केराको बजारमा माग समेत अत्यधिक छ । अर्गानिक र स्वादिलो पनि भएकाले केराको माग उच्च रहेको स्थानीयवासी प्रेम पौडेलले बताए । 

खौर र किसेका किसानहरुले एकापसमा मिलेर केराको उत्पादन गरिरहेका छन् । पानीको चर्को समस्या रहेको उक्त ठाउँमा किसानले खानेपानीका लागि ल्याइएको पानीलाई बचाएर सिँचाइ गर्दैआएका छन् । वर्षाको समयमा पानी पर्याप्त हुने भए पनि हिउँदमा पानीको अभाव हुने गरेको छ । घरायसी कामका लागि प्रयोग भएको पानीलाई केरा बारीमा पु¥याएर उनीहरुले सिँचाइको जोहो गर्दैआएका छन् । 

लगाइएका केरा एकै किसिमको भए पनि राम्रो बिरुवा कुनै एक किसानको बारीमा उत्पादन भए अर्काे किसानको बारीमा परीक्षणका लागि त्यसलाई सार्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu