ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतियोगिताको उपाधि जित्दै ट्रफी घरमै राख्ने लक्ष्यमा नेपाली टिम


एबीसी न्यूज
५ चैत्र २०७५, मंगलबार   २ : २७   बजे



काठमाडौँ, ५ चैत । साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।विराटनगरको शहीद रंगशालामा हुने सेमिफाइनल दिउँसो एघार बजे हुनेछ । सेमिफाइनल जितेर फाइनलमा पुग्ने लक्ष्यकासाथ बुधबार मैदानमा उत्रिने नेपाली टिमका प्रशिक्षक हरि खड्का र कप्तान निरु थापाले बताएका छन् । प्रतियोगिताको चार संस्करण सकिँदासम्म नेपाल तीन पटक उपविजेतामा सीमित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।

घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि जित्दै ट्रफी घरमै राख्ने लक्ष्यमा नेपाली टिम छ । प्रशिक्षक हरि खड्काले श्रीलंकाविरुद्धको फाइनलका लागि नेपाली टिम शारिरीक र मानसिक दुवै रुपमा तयार रहेको प्रतिक्रिया दिए ।

‘विपक्षीलाई कहिले पनि कमजोर मान्न त हुँदैन । तर प्रतियोगितालाई हेर्दा हामी अलि बलियो देखिएका छौं,’ प्रशिक्षक खड्काले विपक्षीलाई सम्मान गरेर अभ्यासका क्रममा सिकेका कुराहरुलाई अवलम्बन गर्ने प्रतिक्रिया दिए । ‘यो प्रतियोगितामा हामी पनि दाबेदारका रुपमा छौं । मेरो विचारमा बुधबार श्रीलंकाले डिफेन्सिभलाई जोड दिएर काउन्टर एट्याकमा खेल्छ जस्तो लाग्छ,’ श्रीलंकाको डिफेन्सिभ सेटलाई तोडेर जित निकाल्ने लक्ष्य प्रशिक्षक खड्काले सुनाए ।

बिहानको एघार बजे हुने भएकाले विराटनगरको अत्याधिक गर्मीले दुबै टिमलाई केही असहज भने पक्कै हुनेछ । तर गर्मीले कुनै प्रभाव नपार्ने प्रशिक्षकको भनाई छ,‘यो हाम्रो देश हो, हाम्रो मातृभूमि हो । हामी ठूलो मिसन लिएर हिँडेका छौं, मौसमले हामीलाई फरक पार्ने छैन ।’ प्रशिक्षक खड्काले खेलाडीहरु सबै फिट रहेको र एट्याकिङ फुटबल खेल्ने प्रतिक्रिया दिए,‘उपाधि जित्ने लक्ष्य लिएर आएका छौं, सेमिफाइनल पक्कै जित्छौं ।

हाम्रो हतियार स्ट्राइकिङ लाइन हो । कप्तान निरु थापाले भने नेपाली टिम डिफेन्स, मिडफिल्ड र एट्याकिङ सबै पक्षमा राम्रो रहेको प्रतिक्रिया दिइन् । तर पनि मेहनत गर्नु पर्ने कप्तान थापाको भनाई छ । ‘पहिलाको तुलनामा श्रीलंका अहिले राम्रो भएर आएको छ । उनीहरुभन्दा हाम्रो टिम राम्रो छ,’ कप्तान थापाले थपिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group