असोज २१, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पार्टी एकता संयोजनसमितिका नेता पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको गठवन्धनले चुनावी सरकारलाई कुनै असर नपार्ने बताउंदै सरकार ढालेर निर्वाचन प्रभावित नगर्ने स्पष्ट गर्नुभयो ।
प्रचण्डले भन्नुभयो प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने माओवादी सरकार छोड्न तयार छ । उहांले स्पष्ट गर्नुभयो हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो । शनिबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौं, यो नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान हो ।
प्रचण्डले थप भन्नुभयो संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष प्रचण्डले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेके स्पष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ । एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुङ्गोमा पुग्छौं प्रचण्डले भन्नुभो ।
प्रतिक्रिया दिनुहोस्