ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री शाहीले गरे राष्ट्रिय नदी शिखर सम्मेलन उद्घाटन


admin
१४ चैत्र २०७५, बिहिबार   ३ : ३६   बजे

सुर्खेत, १४ चैत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एतिहासिक कर्णाली नदीलाई महत्व दिएर यसै प्रदेशमा आयोजित ‘तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन २०१९’ ले यो प्रदेशको साथै सिङ्गो नेपालको विकास र पर्यावरण संरक्षणमा सघाउ पुग्ने बताउनुभएको छ । 

आज यहाँ उक्त सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नदीको बहुउपयोगका लागि सबैले ध्यान दिनुपर्दछ, यसमा प्रादेशिक सरकारले पनि योजना निर्माणपनि गर्दैछ ।” 

विकासका लागि अध्ययन मात्र नभई सूक्ष्म अनुसन्धान गर्न र त्यसबाट साझा निष्कर्ष निकालेर विकासका नमूना निर्माण गर्न सकिने विचार मुख्यमन्त्री शाहीले व्यक्त गर्नुभयो । 

पूर्वजलस्रोत तथा सिँचाइमन्त्री दीपक ज्ञावलीले विकासका नाममा विकास विरोधी कार्यले नदीनालाका मूल सुकेको बताउनुभयो । उक्त प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेश समृद्धिको प्रमुख आधार कर्णाली नदी भए पनि यसलाई उपयोगमा ल्याउन नसकेका कारण यहाँका नागरिक गरीब हुनु परेको बताउनुभयो । 

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले कर्णाली नदी संरक्षणमा स्थानीय तथा प्रदेश सरकारले बढी ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “कैलाशदेखि गङ्गासम्म पुगेको यो नदी संरक्षणमा सबैको सकरात्मक सोच आउन जरुरी छ । ” 

कर्णाली प्रदेशलाई ‘जैविक विविधताको पुस्तकालय’ नाम दिनुभएका उहाँले आजै दैलेखको आठबिस नगरपालिकाको राकममा पुगेर नदी संवादका साथै घोषणापत्र पनि जारी गर्ने बताउनुभयो । 

नेपाल नदी संरक्षण संस्थालगायत विभिन्न साझेदार तथा सहयोगी निकायको आयोजनामा यही चैत १४–१७ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाका साथै स्वदेशी र विदेशी वैज्ञानिक तथा वातावरणविद्को सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group