ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने : मन्त्री कार्की


admin
१६ चैत्र २०७५, शनिबार   १ : २६   बजे

विराटनगर, १६ चैत ।  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राज्यले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताउनुभएको छ । 

लोकसेवा आयोग केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित ‘अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान’ कार्यशाला गोष्ठीमा उहाँले दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जीवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा सुझाव दिनुभयो । 

उहाँले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकको गुनासो गर्दैै प्रदेश लोकसेवा आयोग प्रमाणीकरण भइसकेका अवस्थामा आगामी असारसम्ममा आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरी विकासका कार्यलाई तीव्रगति दिइने जानकारी दिनुभयो । 

प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले गुणस्तरीय शिक्षाको विकास गरी आयोगले मर्यादित, गुणस्तरीय जनशक्ति छनोटबाट नै मुलुकमा समृद्धि कायम हुने बताउनुभयो । आयोगका सचिव अशोककुमार झाले विश्व बजारमा आएको नयाँ विधिको प्रयोगवाट आयोगले योग्य व्यक्ति छनोटको कार्य शुरु गरेको उल्लेख गर्दै मुलुकलाई आवश्यक पर्ने उद्योग, जलस्रोत र पर्यटनलगायतका क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताउनुभयो । 

आयोगका सहसचिव डा खगेन्द्रप्रसाद सुवेदीले आयोगले अपनाउने परीक्षा प्रणाली, जनतालाई आवश्यक पर्ने सेवा सुविधा, सर्वसाधारणका गुनासा, नयाँ प्रविधिको छनोटको प्रयोग, क्षमताको पहिचान, सक्षमता आदि सम्बन्धमा सुझाव सङ्कलन गरी आगामी दिनमा सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधि, मानवअधिकार सङ्घ सङ्गठनका प्रतिनिधि, उपभोक्ता समिति, विद्यालय र सञ्चारकर्मीले आयोगले आगामी दिनमा दक्ष जनशक्ति र जनतालाई सेवा दिने कर्मचारी छनोट गर्दा अपनाउनु पर्ने सम्बन्धमा आवश्यक सुझाव दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group