ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालोकोट लगाएर भोट माग्नमा व्यस्त कानून व्यवसायी


admin
१६ चैत्र २०७५, शनिबार   ४ : ३०   बजे

काठमाडौं,१६ चैत । रामशाहपथस्थित सर्वोच्च अदालतमा कालोकोट लगाएर कानून व्यवसायी भोट माग्नमा व्यक्त देखिन्छन् । सधैँ अर्कोको मुद्दा मामिलामा व्यस्त हुने कानून व्यवसायी यतिबेला आफ्नै नेतृत्व छान्नमा व्यस्त देखिन्छन् । 

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा देशभरिका कानून व्यवसायीले आफ्नो नेतृत्व छान्दैछन् । निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र वृहत लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भइरहेको छ । 

कानून व्यवसायीले आ–आफ्नो समूहलाई जिताउन अहिले सर्वोच्च अदालत अगाडिको पङ्क्तिमा लामवद्ध छन् । मतदान केन्द्र सर्वोच्चभित्र उम्मेदवार आ–आफ्नो समूहमा लामवद्ध भएर भोट माग्नमा व्यस्त छन् भने बाहिर हातहातमा पर्चा पम्पलेट लिएर लाइनमा बसेका मतदातासँग उम्मेदवारका समर्थकले मत मागिरहेको देखिन्थे । 

उनीहरु नमूना मतपत्रसहित आफ्नो उम्मेदवारको पक्षमा मत मागिरहेका देखिन्छन् । उम्मेदवारले दिएको नमूना मतपत्र, पर्चा पम्पलेटले मतदाताका हात भरिएका देखिन्थे । मतदान केन्द्रभित्र र बाहिर पर्चा पम्पलेटले छरिएर रहेका देखिन्थे । 

प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार अधिवक्ता सुनीलकुमार पोखरेललगायत आफ्ना पक्षमा मत माग्नमा व्यस्त रहेका छन् । सबै मतदातासँग उहाँहरुले नमस्कार गदै र हात मिलाउँदै आफूलाई भोट मागिरहेको देखिन्थ्ये । 

दुवै उम्मेदवारले न्यायलयलाई स्वच्छ, पारदर्शी बनाउने प्रतिबद्धता गरेका छन् । प्रगतिशीलतर्फका उम्मेदवार श्रेष्ठले बारलाई व्यावसायिक निष्ठा र प्राज्ञिक बार बनाइका न्यायलयमा हुने अनियमितता र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने बताउनुभयो । 

यस्तै लोकतान्त्रिक तर्फका उम्मेदवार पोखरेलले न्यायलय माथिको विश्वासलाई कायम गर्ने भन्दै बारलाई व्यावसायिक बनाउने बताउनुभयो । आज ३५ मतदान केन्द्रबाट देशभर रहेका १० हजार ३१३ मतदाताले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तीन वर्षका लागि नयाँ नेतृत्वका लागि मतदान गदैछन् । 

प्रगतिशील समूहलाई मधेश केन्द्रित कानून व्यवसायी सङ्गठनको सहयोग मिलेको छ भने लोकतान्त्रिक समूहलाई राप्रपा निकट कानून व्यवसायीको सहयोग छ । बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एकजना र सातै प्रदेशबाट एक÷एकजना गरी आठजना उपाध्यक्ष निर्वाचित हुनेछन् । 

बारको २५ कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ । 
प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले सर्वोच्च केन्द्रमा करीब दुई हजार पाँच सय मतदाताले मतदान गरेको बताउनुभयो । उहाँका अनुसार सर्वोच्च बारमा ५९६, उच्चबारमा करीब एक हजार र काठमाडौँ जिल्ला बारमा करीब नौ सय मतदान भएको छ । उहाँले साँझ ४ बजेसम्म देशभरि ८० प्रतिशत मत खस्ने जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group