काठमाडौं १८ चैत । हावाहुरीका कारण घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शिक्षामन्त्री गिरिराजमणि पोखरेल त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न मन्त्री दिउँसो अस्पताल पुगेका हुन् । बारा र पर्सामा हावाहुरीका कारण हालसम्म २७ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्