कपिलवस्तु , १९ चैत । नेपाली काग्रेस पार्टीका सभापति तथा पुर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले अहिलेको सरकारले बुढीगण्डकी नदी विदेशीलाई बेचेको आरोप लगाउनु भएको छ ।
नेपाली जनतामा अहिले बुढीगण्डगी जलविद्युत आयोजनामा लगानी लगाउने क्षमता हुदा हुदै पैसाको चलखेलको लागी विदेशी कम्पनी लाई जलविद्युत आयोजनाको ठेक्का दिइएको देउवाले बताएका छन ।
कपिलवस्तु सदरमुकाम तौलिहवा मा आयोजना गरिएको छैठौं प्राचिन कपिलवस्तु महोत्सवको उदघाटन गर्दे आफु प्रधानमन्त्रि हुदा नेपाली जनताको लगानी मा बुढी गण्डकी जलविद्युत आयोजना संचालन गर्ने निर्णय गरेता पनि अहिले पैसाको चलखेलले गर्दा चिनीया कम्पनीलाई ठेक्का दिएको बताउनु भयो ।
नेपाली जनतामा लगानी गर्ने पुजी हुदा पनि सरकारले यसलाई बेवस्ता गरेको देउवाले बताए । अहिले को सरकार समृद्धी र विकास भन्दा नि जनता संग कर उठाउने कुरामा अगाडी रहेको उहाको भनाइ थियो । सरकारले जनता लाई अनावश्यक रुपमा कर तिर्न बाध्य बनाई दुख दिइरहेको देउवाले बताएका छन ।
यसै गरि कार्यक्रमलाइ सम्बोधन गर्दे नेपाली काग्रेस केन्द्रिय सह महामन्त्रि प्रकाश चन्द महत ले अहिलेको सरकारले जनतामा समृद्धी दिन नसकेको तर्क गर्नुभो अव आउने निर्बाचन पछि काग्रेसको सरकारले जनतामा विकास र समृद्धी को अनुभुती दिने महतले बताउनु भयो ।
यस्तै चैत १८ गते देखी ३० गते सम्म संचालन गरिने रात्रिकालिन यस मेला महत्सवले स्थानीय स्तरमा रहेको कला सस्कृती तथा ऐतिहासिक बुद्ध स्थलहरुको पर्यटन तथा प्रवद्धन प्रचार प्रसार गर्ने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्