ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिनाजुसँगको प्रेमले श्रीमानको हत्या


एबीसी न्यूज
२० चैत्र २०७५, बुधबार   ७ : ४२   बजे




काठमाडौं ,२० चैत । बुटवलमा गएको हप्ता भएको हत्यामा श्रीमतीको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

सांकेतिक तस्विर

नाताले आफ्नै भिनाजुसँगको प्रेम झाँगिदै गएपछि ३२ वर्षीया साहिन खानले भारत बेतियाका ४२ वर्षीय भिनाजु साधिर हुसेनलाई प्रयोग गरी श्रीमानको हत्या गराएको रुपन्देही प्रहरीले बताएको हो । गएको बुधबार साँझ बुटवल १ गढिटोल नजिकै काठेपुलमा ४५ वर्षीय फिरोज खानको गोली हानी हत्या भएको थियो ।

खानको हत्यापछि अनुसन्धान केन्द्रित गरेको प्रहरीले अन्ततस् फिरोजकै छोराहरु १० वर्षीय रेहान र ९ वर्षीय आरिषले दिएको बयानका आधारमा अभियुक्त पत्ता लगाउन सकेको हो ।

साहिनले हत्याको बेला आफू कोठाभित्रै रहेको प्रारम्भिक बयान दिएकी थिइन । तर छोराहरुले आफूहरुलाई थुनेर मम्मी बाहिर गएको बताएपछि सामान्य शंका मात्रै गरिरहेको प्रहरीले श्रीमतीमाथि अनुसन्धान केन्द्रित गरेको थियो । मोबाइलमा रहेको कल डिटेलबाट नै हत्याको थप रहस्य खुलेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताउनु भयो ।

प्रहरीका अनुसार फिरोज कामबाट फर्कने बेला साधिर र श्रीमती साहिनले बाटोमा कुरेर बसेका थिए । प्रहरी प्रमुख थापाका अनुसार फिरोज आएपछि साधिरले अंकमाल गरेजस्तै गरेर फिरोजमाथी गोली प्रहार गरे । गोली लागेर गम्भीर घाइते भएका फिरोजलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

फिरोजको मृत्युपछि सबैभन्दा बढी उनकै श्रीमती चिन्तीत हुँदै रुवावासी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भारतमा पनि विभिन्न अपराधमा संलग्न हुदै आएका साधिर र साली साहिनका बीचमा केही वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । साधिरकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भइसकेको छ ।

गएको २० वर्षदेखि श्रीमतीसहित फिरोज खान बुटवलमा बस्दै आएका थिए । मैनाबगरमा रहेको अटो वर्कशपमा पेन्टिङ्गको काम गर्ने फिरोजलाई निक्कै इमान्दार र सोझो व्यवहार भएको व्यक्तिको रुपमा उनी निकटकाले चिन्ने गरेका छन् ।

श्रीमती साहिन अहिले प्रहरीको नियन्त्रणमा छिन् भने हत्यामा संलग्न साधिरलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीको सूचना अनुसार फिरोजलाई गोली हानेपछि साधिर नवलपरासीको त्रिवेणी हुँदै भारत प्रवेस गरिसकेका छन् । प्रहरीले साधिरलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu