ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोनाद्धारा बालविवाह न्यूनीकरणका लागि अक्षयकोषको घोषणा


admin
२३ आश्विन २०७४, सोमबार   १२ : २०   बजे

बाबियाचौर, म्याग्दी, २३ असोज ।  प्रवासीले बालविवाह र बाल हिंसा न्यूनीकरणका लागि अक्षयकोष स्थापनाका गरेका छन् ।

रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको दरवाङमा आइतबारदेखि शुरु भएको महाधिवेशन उद्घाटनका क्रममा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।

जिल्लाको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसाको समस्या न्यूनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोषको रकम परिचालन गरिने मोनाकी उपाध्यक्ष टीका गुरुङले बताउनुभयो ।

महाधिवेशन उद्घाटनका क्रममा उपस्थित अतिथि र सहभागीबाट अक्षयकोषका लागि रु २० लाखभन्दा बढी सहयोगको घोषणा भएको उपाध्यक्ष गुरुङले बताउनुभयो । अक्षयकोषका लागि मोनाले रु पाँच लाख, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले र उहाँकी श्रीमती जमुना घलेले रु पाँच लाख, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले रु पाँच लाख, उपाध्यक्ष भवन भट्टले रु दुई लाख सहयोग गर्नुभएको छ ।

महाधिवेशनको उद्घाटन गर्नुहुँदै गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले विदेशमा आर्जन गरेको सीप र स्रोतलाई नेपालको समृद्धिमा परिचालन गर्न चाहेको बताउनुभयो ।
उहाँले भूकम्प र विभिन्न प्राकृतिक प्रकोपमा परेका पीडितको राहत र पुनःनिर्माणका लागि प्रवासमा रहेका नेपालीले उल्लेख्य मात्रामा सहयोग गरेको बताउनुभयो ।

संस्थापक अध्यक्ष महतोले नेपालमा राजनीतिक परिवर्तनपछिको विकास र समृद्धिको अभियानमा गैरआवासीय नेपालीले सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो ।

महाधिवेशन उद्घाटनका अवसरमा एनआरएन उपाध्यक्ष भवन भट्ट, जमुना घले, कुल आचार्य, रञ्जु वाग्ले, त्रिलोक गुरुङ, अर्जुन श्रेष्ठलगायतले एनआरएनको अभियानलाई गाउँ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँले म्याग्दीको जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्न प्रवासी म्याग्देलीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

सम्बन्धित

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu