ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरबाट बाराका आँधी पीडितलाई सहयोग प्रदान


admin
२१ चैत्र २०७५, बिहिबार   १० : ३३   बजे

भक्तपुर, २१ चैत । यही चैत १७ गते बेलुका बारा जिल्लामा आएको विनाशकारी आँधीबेहरीबाट प्रभावित पीडित बासिन्दालाई भक्तपुरका समाजसेवी एवं व्यवसायीले राहत वितरण गरेका छन् ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको अगुवाइमा भक्तपुरका समाजसेवी विज्ञान राई, श्रीभक्त कासिछ्वा, इजीवे ट्रायर सेन्टरका निर्देशक निर्भयबाबु पर्साइ, स्थानीय व्यवसायी रोमन शिलाकार, राजेश चिकम्बन्जार, पूर्ण लिम्बू, नुनम सुुब्बा, प्रविण कुस्मा, यादव राईलगायतबाट रु चार लाख १० हजार रकम सङ्कलन गरिएको थियो ।

बारा पर्शुरामपुर पुगेर दाता श्रीभक्त कासिछ्वा र विज्ञान राईले बुधबार सङ्कलित रकमसहित विभिन्न राहत सामग्री पीडितलाई प्रदान गर्नुभएको राईले जानकारी दिनुभयो । रकमसहितको सामग्री युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेलमार्फत पीडितलाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सडक पुलमा सिसी क्यामरा जडान सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानामा रहेको सूर्यविनायकमा रहेको कालाचा खोलामा बुधबार दुई सिसी क्यामरा र एक मोनिटर जडान गरिएको छ । अरनिको राजमार्गमै जोडिएको कालाचा खोलामा पटक–पटक सफा गर्दा पनि यहाँका बासिन्दा र भक्तपुर नगरपालिका क्षेत्रका बासिन्दाले फोहर फाल्ने गरेको भन्दै सिसी क्यामरा जडान गरिएको हो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री बस्नेतले खोला र अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सिसी क्यामरा जडान गरिएकाले फोहर फाल्नेलाई अब नियन्त्रणमा लिएर कारवाही गर्ने बताउनुभयो । उहाँले हनुमन्ते सरसफाइमा भक्तपुर नगरपालिकाले साथ नदिएको तर फोहर फाल्नेलाई कारवाही पनि नगर्दा सफाइ भइरहे पनि फोहर गर्ने क्रम बढेको बताउनुभयो ।

सफा गर्न नसक्नेले अरुले सफा गरेको ठाउँमा फोहर गर्न नहुनेमा जोड दिँदै उहाँले कालाचा खोलामा अब फोहर फाल्नेलाई कडा कारवाही गरिने बताउनुभयो । कार्यक्रममा निर्माण व्यवसायी महासङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगार्इंले सरसफाइ अभियान चलाएको एक वर्ष नाघिसक्दा पनि अझै सचेत नहुने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सफाइ अभियानलाई निरन्तरता दिने बताउँदै जथाभावी फोहर नफाल्न आग्रह गर्नुभयो । हनुमन्ते सरसफाइ अभियानका अभियानकर्मीले कालाचा खोलामा पटकपटक सफाइ गरे पनि फोहर फाल्ने क्रम निरन्तर बढिरहेपछि फोहर फाल्नेलाई पक्राउ गरी आवश्यक कारवाही गर्न सिसी क्यामरा जडान गरिएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । क्यामरा र मोनिटर ज्योति विकास सहकारी संस्थाको सहयोग जडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group