ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु


admin
२१ चैत्र २०७५, बिहिबार   ११ : १६   बजे

तम्घास, २१ चैत । गुल्मीको समृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ बुधबारदेखि गुल्मीमा प्रथम गुल्मी सांस्कृतिक एवं पर्यटन महोत्सव तथा व्यापार मेला शुरु भएको छ ।

जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले गुल्मी चेम्बर अफ कमर्शको आयोजना र स्थानीय एक दर्जन सङ्घसंस्थाको सहयोगमा उक्त महोत्सवको आयोजना गरिएको हो ।

महोत्सव सञ्चालनको पूर्वसन्ध्यामा जिल्लामा विभिन्न सङ्घसंस्थाले स्थानीय संस्कृति, वेषभूषा, रीतिरिवाज र परम्परा झल्किने विभिन्न झाँकी र पञ्चे बाजागाजासहित बजार परिक्रमा गरिएको थियो ।

महोत्सवमा जिल्लाका स्थानीय तहलाई आफ्ना उत्पादन प्रदर्शनी र बिक्रीवितरण गर्न निःशुल्क रुपमा छुट्टाछुट्टै स्टल उपलब्ध गराइएको छ । महोत्सवमा उपलब्ध गराइएको स्टलमा स्थानीय उत्पादनदेखि बयरबोका र स्थानीय बोकासमेत महोत्सव प्रर्दशनीका मुख्य आकर्षकको रुपमा रहेका छन् ।

त्यसैगरी महोत्सवमा बुल्मको सेरामिक्सबाट उत्पादन गरिएका विभिन्न प्रकारका माटाका भाँडाकुँडा, परालबाट निर्मित सामग्री, हस्तकलाका सामग्री, उखुको रसबाट निर्मित गुँड, खुदोलगायत जिल्लाका १२ वटै स्थानीय तहमा रहेका धार्मिक एवं पर्यटकीयस्थानको वृत्तचित्रसमेत प्रदर्शनीका थप आकर्षकको रुपमा रहेका छन् । महोत्सवमा अतिथिलाई खादा, दोसल्ला, ब्याच र प्रमाणपत्र निषेध गरिएको छ ।

अतिथिलाई पिपलको पातमा लेखिएको ब्याच, गुल्मीको कफी र गुँडलाई मायाको चिनो स्वरुप उपहारको रुपमा प्रदान गरिएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवमा अतिथिलाई स्वागत गर्ने तरिकामा परिवर्तन गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक युवराज न्यौपानेले बताउनुभयो । महोत्सवमा नेपाली सेनाको वीरभद्रजङ्ग गुल्म २२ बाहिनीको तर्फबाट मौलिक ऐतिहासिक सरायँनाच प्रस्तुत गरिएको थियो ।

महोत्सवमा अपाङ्गता भएका र ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क रुपमा टिकटको व्यवस्था गरिएको छ । महोत्सव उद्घाटन सत्रमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जिल्लाको संस्कृति एवं पर्यटन प्रवद्र्धनमा यस्ता महोत्सवले ठूलो महत्व राख्ने र त्यसले स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सहयोग पु¥याउने बताउनुभयो ।

चैत २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा सङ्कलित बचत रकममध्ये ४० प्रतिशत सामाजिक विकास र ६० प्रतिशत संस्थागत विकासमा खर्च गरिने गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष युवराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group