ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हावाहुरी प्रभावित क्षेत्रमा पानीको गुणस्तरमा समस्या छैन:विभागको विशेषज्ञ


admin
२१ चैत्र २०७५, बिहिबार   २ : २९   बजे

काठमाडौं, २१ चैत । खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ ।

प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारा मार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्ने एक्वा ट्याब दिएको हो । पानीको गुणस्तर जाँच गर्ने उद्देश्यले काठमाडौंबाट पठाईएको वाटर एम्बुलेन्सले उक्त क्षेत्रमा पानी परीक्षण गर्दा त्यस्तो कुनै गम्भीर समस्या नदेखिएको विभागका पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले जानकारी दिनुभयो ।

पानीको स्रोतमा त्यस्तो कुनै खराबी छैन, पाण्डेले भन्नुभयो, तर ट्वाईलेटको भने मुख्य समस्या छ । जथाभावी दिशा पिसाब गर्दा पानीमा समस्या आउन सक्छ । त्यसैले सबैजना सचेत हुनु जरुरी छ ।’

विशेषज्ञ पाण्डेले पानीका स्रोतमा ब्याक्टेरिया मार्न ५० किलो ब्लिचिङ पाउडर समेत खानेपानी डिभिजन कार्यालय बारामा दिईएको बताउनुभयो ।

हावाहुरी आँधीले क्षति पु(याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको थियो ।

विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu