ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमै सचेत नभए भविष्यमा आँशु चुहाउनुपर्छ


admin
२२ चैत्र २०७५, शुक्रबार   ४ : ००   बजे

विराटनगर,२२ चैत । समयमै सचेत नभएमा भविष्यमा आँशु चुहाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् । एक्सन नेपाल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखा र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित “सुर्तीजन्य पदार्थ नियन्त्रामा प्रदेश तथा स्थानीय सरकारको भूमिका विषयक” अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सुर्तीजन्य पदार्थ सेवनले मानिस अकालमै ज्यान गुमाउनु परेको र यसबाट प्रशस्त धन पनि क्षति भइरहेकाले यसतर्फ सचेत रहन सबैमा आग्रह गर्नुभयो ।

उनीहरुले सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनी करीब २७ हजार मानिसले ज्यान गुमाउनु परेकाले यसको उपयोगलाई जतिसक्दो छिटो त्याग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि कानूनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतनामूलक अभियानलाई व्यापक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोग, मृत्यु र यसको दुश्परिणामको न्यूनीकरणका लागि सबैले आ आफ्नो क्षेत्रबाट प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै यसको न्यूनीकरणमा प्रहरी प्रशासनको सहयोग हुनेमा जोड दिनुभयो ।

क्यान्सर रोग विशेष प्रा डा विष्णुदत्त पौडेल र क्यान्सर, स्वास्थ्य मन्त्रालयका सहसचिव बद्रिबहादुर खड्का, एक्सन नेपालका आनन्दबहादुर चन्द, स्वास्थ्य मन्त्रालय कानून शाखा प्रमुख पुष्कर नेपाल, विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत एकदेव अधिकारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष मञ्जु आचार्य र महासङ्घ मोरङका अध्यक्ष बन्दु पोखरेलले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि विधमान ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu