बुटवल, २२ चैत । फोर्ड मोटर्सले आफ्नै प्रख्यात फोर्ड फिगोको पुरानो मोडललाई प्रतिस्थापन गर्दै नयाँ स्वरुपमा बजारमा ल्याएको छ ।
कम्पनिले पहिलाको भन्दा विभिन्न नयाँ १२ सय भन्दा बढि विशेषताहरु परिर्वतन गरी परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याएको हो ।
बुटवलका लागि आधिकृत विक्रेता एभरेष्ट मार्केटिङ्ग फोर्ड शोरुम कालिकानगर बुटवलमा आज एक कार्यक्रमका साथ विक्रि शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा एभरेष्ट माकेटिङ्गका अभिभावक कलाधर घिमिरे, फोर्ड मोर्टसका डिपुटी म्यानेजर विजय थापा, एभरेष्ट माकेर्टिङ्गका सञ्चालक योगेश घिमिरे र लायन्स क्लव ३२५ वि २ का पुर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठले पर्दा हटाउंदै विक्रि शुभारम्भ गरेका थिए ।
नेपालमा २४ लाख ९९ हजार रुपैयाँ मुल्य निर्धारण गरिएको फोर्ड फिगो गाडीको शक्तिशाली इन्जिन र उत्कृष्ट सवारी ३ सिलिण्डरयुक्त १।२ लिटर टिआईभिसिटी पेट्रोल इन्जिन जडान गरिएको कम्पनिले दाबी गरेको छ। डिजेल गाडीका पारखीहरुका लागि १।५ लिटर टिडिसीआई इन्जिन जडान गरिएको छ । दुवै इन्जिनयुत्त फोर्ड फिगो ५ – स्पीड ट्रान्समीसन मा उपलब्ध हुनेछ र यो पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुका कारण बढी इन्धन बचत हुने फोर्ड मोटर्सका डिपुटी म्यानेजर विजय थापाले जानकारी दिए । नयाँ फोर्ड फिगो विभिन्न सात वटा रङ्गमा उपलब्ध रहेको छ ।
नयाँ फोर्ड फिगो सानो गाडीको प्रतिस्पर्धात्मक बजारमा फेरी अव्बल भई निस्कने विश्वाुस लिएको छ । यस श्रेणीमा अरु गाडीह रुको प्राय इन्जिन क्षमता, अधिकतम ८५ पावर प्रदान गरेको छ । साथै नेपाल जस्तो देशमा अति जरुरी ग्राउण्ड क्लियरेन्स यसमा १७४ मि।मि। रहेको छ भने अरु प्रतिस्प्रर्धामा यो अधिकतम १७० मि।मि। रहेको छ ।
प्रतिक्रिया दिनुहोस्