काठमाडौं,२३ चैत । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा अब अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) चिह्न हट्ने भएको छ ।
त्रिवि प्राज्ञिक परिषद्ले ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउने भएको हो ।
त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने बताइएको छ । ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको
परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्