ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यूनतम पारिश्रमिक कार्यान्वयन जरुरी


admin
२३ चैत्र २०७५, शनिबार   १ : ००   बजे

काठमाडौं,२३ चैत । पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन(पेसोल)अनिवार्य आवश्यक पर्ने-नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाए पश्चात मात्र सरकारीस्तरबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन सूचना विभागलाई निर्देशन दिएसँगै पक्ष र विपक्षमा बहस भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले न्यूनतम पारिश्रमिकको प्रभावकारी कार्यान्वयन गराउन सरकारले दिने प्रेस पासका लागि तलबको बैंकमा पठाएको प्रतिवदन (पेसोल) अनिवार्य गरिएको जानकारी दिनुभयो । “हामीले पत्रकारको न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि तलब बैंकमा पठाएको प्रतिवेदन(पेसोल)लाई अनिवार्य बनाउने भनेका हौँ, मिडियामाथि कुनै किसिमको नियन्त्रण गर्ने कुरै होइन”, प्रवक्ता तिवारीले भन्नुभयो ।

कतिपय सञ्चार क्षेत्रका विज्ञहरुले न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सरकारले उठाएको कदम स्वागत योग्य भएको बताएका छन् भने कतिपयले प्रेस पासका लागि सरकारले व्यक्तिगत गोपनियतासँग समेत जोडिएको बैंक स्टेटमेन्ट माग गरेको भन्दै प्रेस पासमा अङ्कुश लगाउन खोजिएको तर्क गर्दै आएका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले जसरी भए पनि कानूनअनुसार तोकिएको पारिश्रमिक श्रमजीवी पत्रकारहरुले पाउनुपर्ने महासङ्घको माग रहेको बताउनुभयो । उहाँका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने कुनै पनि बहाना सह्य हुन सक्दैन ।

नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने भन्ने विषयमा यूनियनमा दुई मत नरहेको तर कार्यान्वयन गर्ने नाममा वैयक्तिक स्वतन्त्रता हनन हुने गरी बैंक स्टेटमेन्ट नै माग्नु नहुने तर्क गर्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द विष्टले प्रेस स्वतन्त्रताको हक र श्रम शोषण विरुद्धको हक दुवै संविधानले सुनिश्चित गरेको विषय भएकाले एउटाको आडमा अर्कोलाई निष्क्रिय गर्न नमिल्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमले पारदर्शी हुनबाट पछि हट्न नहुने बताउनुभयो ।

प्रेस चौतारी नेपालका महासचिव राजेश राईले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारले गरेको प्रयास स्वागतयोग्य रहेको बताउनुभयो । “अन्यथा मान्नुपर्ने केही छैन, सबै बोल्ने र लड्ने आफ्नो वर्गको लागि हो, मालिकहरुको वर्ग पक्षधरता स्वभाविक छ, श्रमजीवी पत्रकारको श्रमको मूल्य दिइदाँ वा दिन बाध्य पारिँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कही कतै कुन्ठित भएको छैन”, उहाँले भन्नुभयो ।

नेपाल मिडिया सोसाइटीले भने सरकारले सूचना विभागको ‘प्रेस पास’का लागि व्यक्तिगत गोपनियतासँग जोडिएको बैंक स्टेटमेन्ट बुझाउनुपर्ने प्रावधानले प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै सच्याउन आग्रह गरेको छ । मन्त्रालयले गत माघ ७ गते प्रेस पास नवीकरणका लागि श्रमजीवि पत्रकार, कामदार, कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवेदन (पेसोल) अनिवार्य गर्न सूचना विभागलाई निर्देशन गरेको थियो ।

“सबै सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीहरुलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाए पश्चात मात्र सरकारीस्तरबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्ने व्यवस्था हुने र सोको प्रगति नियमित रुपमा मन्त्रालयमा पठाउनसमेत अनुरोध छ”, मन्त्रालयले सूचना विभागलाई पठाएको पत्रमा भनिएको छ ।

मन्त्रालयको उक्त पत्रको आधारमा विभागले माघ १८ गते सबै सञ्चार माध्यमलाई विभागबाट प्राप्त हुने सेवा लिन बैंकमा पठाएको तलबी प्रतिवेदनको प्रमाणित प्रतिलिपि र तलब भत्ता बैंकमा जम्मा गर्न अनुरोध गरी लेखिएको पत्रको बैंकद्वारा प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने व्यहोराको पत्र पठाइएको थियो ।

विभागका अनुसार पछिल्लो दुई महीनामा (फागुन र चैत) मा २६ जनाले प्रेस पास नवीकरण गराएका छन् । सरकारले गत कात्तिक १ गतेदेखि लागू हुने गरी श्रमजीवि पत्रकारको न्यूनतम तलबमा २५ प्रतिशतले वृद्धि गर्दै रु २४ हजार ३०० पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group