काठमाडौं, २४ चैत्र । बिजुली चम्केको बेला बाहिर बसेर मोबाइल नचलाउन राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले आग्रह गरेको छ । बैतडीमा घरमा बसेर मोबाइल चलाइरहेको बेला चट्याङ लागेर ३ जना घाइते भएको कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
“बिजुली चम्किन थालेपछि बाहिर बसेर मोबाइल चलाउनु भनेको जोखिम बढाउनु हो,” केन्द्रले आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत भनेको छ ।
प्रतिक्रिया दिनुहोस्