ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोहोरो अङ्कले बढ्यो शेयर बजार


admin
२४ चैत्र २०७५, आइतबार   ४ : ५१   बजे

काठमाडौ,२४ चैत । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

] कूल १६८ कम्पनीको १८ लाख ८७ हजार ३७३ कित्ता शेयर रु ५४ करोड ३९ लाख ५५ हजार ६४२ मूल्यमा खरीद भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर बढेको छ ।

यस्तै उत्पादन उपसमूहको शेयर भने कुनै कारोबार भएन । जलविद्युत् २ दशमलव ७५, निर्जीवन बीमा १९ दशमलव २१, उत्पादन ५ दशमलव ८२ र लघुवित्त शुन्य दशमलव ९५ विन्दुले घटेको छ । यस्तै बैंकिङ २८ दशमलव १९, होटल १३, विकास बैंक १४ दशमलव ९९, वित्त एक दशमलव ७८ र जीवन बीमा शुन्य दशमलव १२ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु छ करोड ७१ लाख ८४ हजार २५८, एनएमबी बैंकको रु तीन करोड ३१ लाख ७४ हजार ९३०, सानिमा माइ हाइड्रोपावरको रु दुई करोड ५५ लाख ८९३, प्रभु बैंकको रु दुई करोड २२ लाख सात हजार ९७३, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु दुई करोड २० लाख ६४ हजार ५७५, प्राइम बैंकको रु दुई करोड तीन लाख १० हजार ८१०, नेपाल बैंकको रु एक करोड ८७ लाख ३५ हजार ६२७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआइसी एशिया बैंकका शेयरधनीले ६ दशमलव ३६, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ६, कुमारी बंैंक ४ दशमलव ९८, कन्काइ विकास बैंक ४ दशमलव ९२ र भागर्व विकास बैंक ४ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

यस्तै, युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलव २५, सिन्धु विकास बैंक सात दशमलव शुन्य चार, सामुदायिक लघुवित्त वित्तीय संस्था पाँच दशमलव शुन्य सात, चौतारी लघुवित्त वित्तीय संस्था चार दशमलव ९५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था तीन दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group