सप्तरी, २५ चैत । राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदालिँदै कार्यालयको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
बिहान साढे आठ बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइ दिन्छु भन्दै ४० हजार रुँपैया घुस लिदालिँदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल ५८ वर्षे सेवा अवधी पुरागरि दुई दिनपछि नै सेवानिवृत हुन लागेका हुन् ।
पक्राउ परेका नासु मण्डललाई थप अनुसन्धानका लागि क्षेत्रिय कार्यालय इटहरी लगिएको अख्तियारको टोलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्