ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वातावरणमैत्री वस्ती विकास गर्न राष्ट्रपतिको आग्रह


एबीसी न्यूज
२६ चैत्र २०७५, मंगलबार   ५ : १४   बजे

काठमाडौँ, २६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले जीवन र धर्तीलाई अुनकूल हुने गरी एकीकृत वातावरणमैत्री बस्ती विकास योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभएको छ । ‘कोप २४’ मा नेपालको सहभागिता र उपलब्धिबारे आज वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति भवन, शीतल निवामा आयोजना गरेको समीक्षा कार्यक्रममा उहाँले जलवायु अनुकूलनका लागि व्यापक दायरामा राखेर हेरी जीवन र न्यायसँग जोडिएका सबै पक्षलाई समेट्न जरुरी रहेको बताउनुभएको हो ।

“पहिला जीवनलाई टेवा दिऔँ । त्यसपछि विकासको कुरा हुन्छ । विकासले जीवनलाई सहज बनाउने हो ।” वातावरणीय अनुकूलनका लागि सरकार र सरोकारवालाहरुलाई सुझाव दिँदै उहाँले भन्नुभयो, “स्वास्थ्य र जीवन मूल्यका लागि हानिकारक छ भने विकासका ढाँचाहरुबारे विचार गर्नुपर्छ ।” राष्ट्रपतिले वातावरणविज्ञ र वैज्ञानिकहरूले गरेको अनुसन्धानको निस्कर्षको उल्लेख गर्दै बढ्दो तापक्रमका कारण धर्ती हाम्रो जीवनको प्रतिकूल बन्दैछ भन्ने त्रास बढिरहेको समेत बताउनुभयो ।

वातावरणीय सन्तुलन र विकासका काममा निरन्तर संवाद गरी सही निष्कर्षमा पुगी काम गर्नमा जोड दिँदै उहाँले विश्वका शक्तिशाली मुलुकका नेताहरुँग आफूले चासो व्यक्त गर्ने गरेको उल्लेख गर्दै भन्नुभयो, “भावी सन्तति र जनस्वास्थ्यको चिन्ताविना मानिसहरु आफ्नो दुनो सोझ्याउन लागिपरेका छन्, मानिस नाफामुखी भएका छन् । हामी हाम्रो भावी पुस्तालाई कस्तो धर्ती उपहार दिँदैछौँ भन्ने कुरा सोचेर विकास आयोजना तय गर्नुपर्छ । विकासलाई समष्टिगतरुपमा हेर्नुपर्छ । अर्कालाई मारेर दिगो विकास सम्भव छैन ।

जस्तो धर्ती छ त्यस्तै खाले विकास गर्नुपर्छ ।” राष्ट्रपति भण्डारीले वातावरणमैत्री विकासका लागि सरकारले जनचेतना जागृत गराउनुपर्नेमा जोड दिदै हिमाल र नदी प्रणालीलाई आजैदेखि जोगाउन आग्रह गर्दै सार्वजनिक जग्गा र नदीहरुलाई अतिक्रमणबाट जोगाउन सुझाव दिनुभयो । छलफलमा सहभागी वनमन्त्री शक्तिबहादुर बस्नेतले ‘कोप २४’ मा नेपालले यस क्षेत्रबारे आफ्नो अवस्था र सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रुपमा राखिएको उल्लेख गर्दै वातावरणीय प्रणालीलाई सन्तुलनमा राख्न हिमाल र समुद्रलाई जोड्ने नदी प्रणालीको योगदानलाई दरोसंग स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री बस्नेतले प्रकृति र जनजीवनमाथि परेका प्रभावलाई एकीकृत गर्न हरित अर्थतन्त्र र हिमाली अर्थतन्त्रमाथि बहस चलाउन जोड दिँदै एकापसमा जोडिने विषय (क्रस कटिङ) निकायको निर्माणबारे पनि सोच्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सो सम्मेलनले नेपालले जलवायुप्रतिको राजनीतिक प्रतिबद्धता र त्यसमा नेपालको गम्भीरता स्पष्ट पारेको जनाउँदै सरकारले राष्ट्रिय, प्रादेशिक र स्थानीय अनुकूलन योजना तर्जुमा गर्ने तयारी भएको बताउनुभयो । सहसचिव महेश्वर ढकालले काटोविचेमा सम्पन्न कोप २४ मा सहभागी भएपछि ती एजेण्डाहरुको घरेलुकरण गर्न चालिएका कदम र कार्यक्रमबारे प्रस्तति दिनुभएको थियो । गत अक्टोबर २ देखि १४ डिसेम्बर, २०१८ मा पोल्याण्डको काटोविचेमा ‘कोप २४’ सम्मेलन भएको थियो । सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group