ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आचार्य हत्या प्रकरण : दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप पीडा


admin
२७ चैत्र २०७५, बुधबार   ११ : ००   बजे


सुर्खेत, २७ चैत । वीरेन्द्रनगर–१ निवासी व्यवसायी चन्द्रप्रसाद आचार्यको शङ्कास्पद मृत्यु भएको ४० दिन बित्यो । प्रहरीले आचार्यको हत्याको भएको स्वीकार गरे पनि घटनामा संलग्नको भने अझै पहिचान गर्न सकेको छैन ।

यही फागुन १८ गते वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै आचार्यको शव रक्ताम्य अवस्थामा फेलापरेको थियो । परिवारका सदस्यले हत्यामा संलग्नको पहिचान गरी कानूनी कारवाही गर्ने प्रहरीले आश्वासन दिए पनि अनुसन्धानमा चासो नदिएको आरोप लगाएका छन् । छोरी सङ्गीताले प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको दुखेसो पोख्नुभयो ।

“बुबाको स्वभाविक मृत्यु भएको भए हामीलाई यति तनाव हुन्थेन”, उहाँले भन्नुभयो, “हत्या हुँदासमेत प्रहरीले घटनालाई हल्कारूपमा लियो, हामी परिवारलाई पीडामाथि पीडा भोग्नुप¥यो ।”

वीरेन्द्रनगर जुम्लारोडमा चिया–नास्ता पसल सञ्चालन गर्दै आउनुभएका आचार्य फागुन १८ गते बैंकमा खाता खोल्नुछ भन्दै दिउँसो घरबाट निस्कनुभएको थियो । दिनभर नास्ता पसलमै रहनुभएका उहाँ सोही दिन राति साढे १० बजे बुद्धपथमा मृतावस्थामा फेला पर्नुभएको थियो । आचार्यको शरीरमा गहिरो चोट भए पनि शव भेटिएको स्थानमा रगत नदेखिएकाले अन्यत्रै हत्या भएको हुनसक्ने परिवारको दाबी छ ।

“टाउकोको दुवै भागमा गहिरो चोट र दायाँ भागमा निलडाम थियो”, दाजु भवानीप्रसादले भन्नुभयो, “प्रदेश राजधानीको मुख्य बजारमा भएको घटनाको अनुसन्धानमा भइरहेको ढिलाइले परिवारमा आशङ्का उब्जाएको छ ।” शव परीक्षण रिपोर्टमा करङ भाँच्चिएको बताइएको छ । चन्द्रप्रसादको कुनै पनि व्यक्तिसँग लेनदेन, झैझगडा वा मनमुटाव केही नभएको परिवारको भनाइ छ ।

सुक्ष्म अनुसन्धान भइरहेको छ ः प्रहरी उता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले चन्द्रप्रसाद आचार्य हत्या प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरेको छ । जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अनुसन्धानमा दत्तचित्त भएर खटिरहेको प्रहरीमाथि परिवारकै सदस्यबाट अनावश्यक आरोप लगाउनु दुखद् भएको बताउनुभयो ।

उहाँले हत्याका ठोस आधारहरु नभेटिएपछि शून्यबाट घटनाको अनुसन्धान गर्नुपरेको बताउनुभयो । “घटनालाई गम्भीररूपमा लिएका छौँ”, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भन्नुभयो, “अनुसन्धानकै क्रममा २० बढीलाई सोधपुछ गरिसकेका छौँ । मङ्गलबार पनि दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।’

अनुसन्धान गर्ने बित्तिकै परिणाम नआउने भन्दै यस घटनालाई गम्भीरतापूर्वक लिएर नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलमा भेटिएका प्रमाणलाई ल्याव परीक्षणका लागि काठमाडौँ पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group