कपिलबस्तु २७ चैत्र । नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तु ले अति विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण गरेको छ ।
कपिलवस्तु नगरपालिकाको वडा नम्बर १२, सौराहामा विपन्न समूदायको ८३ घर परिवारलाई निशुल्क मिटर वितरण गरेको हो ।
विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत निशुल्क मिटर वितरणको कार्यक्रम संचालनमा ल्याइएको हो । प्राधिकरणका कर्मचारीले विपन्न परिवारको घर सम्म आवश्यक पर्ने तार पोल सहित मिटर जडान गरिदिएको तौलिहवा वितरण केन्द्रका प्रमुख जयकुमार यादवले बताए ।
सघीय संसद तथा पुर्वमन्त्री बृजेश कुमार गुप्ता, प्रदेशसांसद धर्मबहादुर लाल श्रीवास्तव वडा अध्यक्ष ओम प्रकाश पाण्डे सहित नेपाल विद्युत प्राधिकरण बुटवल क्षेत्रीय कार्यालयका प्रमुख भानुभक्त भट्टराई ले बिपन्न परिवारलाई मिटर बितरण गर्नुभएका थिए ।
केन्द्रले औपचारिक कार्यक्रमको आयोजना गरी अति विपन्न तथा सांस्कृतिक महत्वका सम्पदा लक्षित गरी निशुल्क विद्युत मिटर उपलब्ध गराएको हो ।
बितरण कार्यक्रममा पुर्वमन्त्री तथा संघीय सांसद गुप्ताले सरकारले बिपन्न जनताको दुख, पिरमर्का बुझेको प्रस्ट पार्नुभएकोे छ । सरकारले बितरण गरेको मिटर जडान पछि सोराहाबासीलाई उहाले बिजुली चोरी गर्ने कार्य बन्द गर्न आग्रह गर्दै कार्यक्रममा उपस्थित सहभागीहरुलाई सामुहिक रुपमा बिद्धुत चोरी नगर्ने प्रतिबद्धता समेत गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्