ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति देउवाद्वारा पूर्वसांसद भण्डारीको निधनप्रति दुःख व्यक्त


एबीसी न्यूज
२८ चैत्र २०७५, बिहिबार   ६ : ०५   बजे

 काठमाडौं, २८ चैत्र । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुल्मी काङ्ग्रेसका पूर्वसभापति, पूर्वसांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि रूद्रमणि शर्मा भण्डारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत स्व भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । बहत्तर वर्षीय पूर्वसांसद भण्डारीको आज बिहान जीप दुर्घटनामा परी निधन भएको हो ।

गुल्मीको दर्लिनबाट बुटवलतर्फ जाँदै गरेको लु१ज १९५७ नंको जीप मुसिकोट नपा–१ को च्यानडाँडामा बिहान दुर्घटना भएको थियो । उक्त जीपमा सवार अन्य दुई जनाको समेत निधन भएको र आठ जना घाइते भएका छन् । काङ्ग्रेसले जीप दुर्घटनामा परी निधन भएका अन्य आठ वर्षीय बालक ओश्कर विक र प्रहरी हबल्दार देवीप्रसाद पौडेलको निधनप्रति पनि गहिरो दुःख व्यक्त गरेको छ ।

सभापति देउवाले भण्डारीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । सभापति देउवाले स्व भण्डारीले काङ्ग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको सक्रिय भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका वस्तु निवासी स्व भण्डारी २०४८ सालको आम निर्वाचनमा पार्टीका तर्फबाट गुल्मी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । स्व. भण्डारीले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका दुई श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

आजै काङ्ग्रेस संसदीय दलको कार्यालयले पनि पूर्वसांसद शर्मा भण्डारीको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत स्व भण्डारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group