ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी व्यवस्थापन गर्न नसक्दा गाउँपालिकामा समस्या


एबीसी न्यूज
२८ चैत्र २०७५, बिहिबार   ६ : २५   बजे


काठमाडौं, २८ चैत । कपिलवस्तुको मायादेवी गाउँपालिकामा शिक्षाको क्षेत्रमा काम गर्नका लागि अहिलेसम्म कर्मचारी व्यवस्थापन गर्न नसके पनि गाउँपालिकाले आफ्नै प्रयासमा शिक्षाका काम गर्न थालेको छ ।

यसअघि शिक्षा कार्यालयका तर्फबाट स्रोत व्यक्तिले शिक्षा शाखाको जिम्मेवारी सम्हाले पनि सरकारले स्रोत व्यक्तिलाई विद्यालय फिर्ता गरेपछि अहिले शिक्षाको काम गर्ने कुनै पनि व्यक्ति कार्यालयमा रहेका छैनन् । तर पनि गाउँपालिकाले शिक्षाका आफ्ना नियमित गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ । सरकारले कर्मचारी व्यवस्थापन गर्न सकेको छैन, धेरै काम रोकिएको भए पनि आफूहरुले प्रयास जारी राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताउनुभयो जिल्लाको मायादेवी मात्र हैन शुद्धोधन गाउँपालिकामा पनि अहिलेसम्म शिक्षाको काम गर्नका लागि कर्मचारी पुगेका छैनन् ।

जिल्लाका बाणगङ्गा, बुद्धभूमि, शिवराज नगरपालिकाबाहेकका अन्य क्षेत्रमा शिक्षाका लागि कर्मचारी अपुग नै देखिएका हुन् । यस वर्ष वैशाख २ देखि १४ गतेसम्म बालबालिकालाई मुस्कानसहितको भर्ना अभियान, विद्यालय स्वागत कार्यक्रम र मसान्तसम्म घरदैलो कार्यक्रम सञ्चालन गरिने भएको छ ।

अभियानलाई सहयोग पु¥याउन सिद्धार्थ सामाजिक विकास केन्द्र, दलित सामाजिक विकास केन्द्र, सनसाइन समाजिक विकास केन्द्र, लिडो संस्था र ग्लोबल एक्सन नेपालले सहयोग पु¥याउने भएका छन् । सबै बालबालिकालाई नेपाल सरकारले प्राथमिकस्तरसम्मको शिक्षा निःशुल्क र अनिवार्य उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेअनुसार गाउँपालिकाको आठ वटा वडामा अभियान सञ्चालन गर्न लागेको हो ।

कपिलवस्तु जिल्लामा यस वर्षको भर्ना अभियानमा अभिभावक सचेतनाका लागि घरदैलो कार्यक्रम, सडक नाटक, स्थानीय भाषा र स्थानीय परिवेशअनुसार प्रचार प्रसारका सामग्री निर्माण, ¥याली, अन्तक्र्रियासहित केही नयाँ कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । सरकारले हरेक वर्ष विद्यालय भर्ना अभियानलाई सञ्चालन गर्दै आए पनि जिल्लामा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group