ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ


admin
२९ चैत्र २०७५, शुक्रबार   ३ : ५१   बजे

काठमाडौं, २९ चैत । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो ।

उनले आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक करणी गरेको भन्दै छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन् । नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइएको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले आज तीनदिने नवजात शिशुको उद्धार गरेको छ । भरतपुर महानगरपालिका–२९ अनमोल होटल अगाडि बेवारिसे अवस्थामा भेटिएकी शिशुको उद्धार गरिएको हो ।

कपडामा बेरेर राखेको अवस्थामा भेटिएको नवजात शिशुको उद्धारपछि उपचारका लागि पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा छाड्ने आमाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group