ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालकोे पहिलो पटक वैशाख ५ गते भू उपग्रह प्रक्षेपण हुने


admin
३ बैशाख २०७६, मंगलबार   ५ : ४६   बजे

ललितपुर,३ वैशाख । नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्न लागेको हो ।

बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ । ढकालले भन्नुभयो, “भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।”

नाशाको बेवसाइटअनुसार अमेरिकाको पूर्वी समयअनुसार उक्त भूउपग्रह प्रक्षेपण हुन लागेको हो । सरकारलाई पर्ने राष्ट्रिय भार कम गराउँदै भूउपग्रह प्रक्षेपणमा नेपालका तर्फबाट कोही जापान प्रस्थान नगर्ने भएको बताइएको छ । “भूउपग्रह अन्तरिक्षमा पठाइसकेपछि यसले उचित स्थान लिएको दिन नेपालका केही पदाधिकारी जापान जाने कुरा अघि बढेको छ”, ढकालले थप्नुभयो, “ यो भूउपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेस स्टेशनमा रहने छ ।

” नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अङ्कित हुने छ । नाष्टले भूउपग्रहको सूचना लिनाका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी अघि बढेको छ ।

उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिनुभयो । “तीन चार इच्छुक पार्टीले टेण्डरको पत्र लगिसकेका छन्”, पाण्डेले भन्नुभयो, “ग्राउण्ड स्टेशनमा भूउपग्रहले पठाएको तथ्याङ्कहरुको विश्लेषण र सङ्कलन हुने गर्छ ।

” नाष्टमा पहिले लामो समय उपकुलपति नियुक्त नहँुदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो । विगतमा उपकुलपति र हाल सचिवको पद रिक्त रहँदा केही समस्या हुन्छ कि भन्ने महसुस गरिएको छ ।

जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ । ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ ।

मास्के र श्रेष्ठको भूमिका नाष्टले भूउपग्रह प्रक्षेपण गरिसकेपछि मास्के र श्रेष्ठ जापानमा रहँदासम्म दैनिक त्यहाँको जानकारी सहकार्र्य गरेर अघि बढ्नेछन् । उहाँहरु हाल ‘बर्ड–४’ परियोजनाअन्तर्गत फिलिपिन्स, पनामा र जापानको भूउपग्रह निर्माणमा जुट्नुभएको बताइएको छ ।

नाष्टका श्रेष्ठ एक वर्षको अध्ययन समाप्त गरेर नेपाल फर्कनु हुनेछ भने क्यूटेक विश्वविद्यालयको सदस्यका रुपमा रहनुभएका मास्केका लागि नाष्टले कार्यालयमा प्रयोगशाला निर्माण गरेर काम गराउने योजना अघि बढाएको छ । नाष्टले जाक्साको सहयोगमा नेपाललाई कसरी सहयोग गर्न सक्छ भनी एउटा भिडियो अभियान चलाइने योजना बताएको छ ।

नाष्टले आउँदा दिनमा सो कार्यक्रमलाई निरन्तरता दिने त्यहाँका एक कर्मचारीले बताउँछन् । नाष्टले भूउपग्रहबाट सङ्कलन गरेको तस्वीर उच्च क्षमताको हुने छैन । शहरी पूर्वाधार निर्माण र नापी विभागका लागि पनि उक्त तस्वीर काम लाग्दैन ।

अमेरिकाको अन्तरिक्षमा उडाई जापानबाट प्रक्षेपण गरिने उक्त कार्यक्रम अन्तरराष्ट्रिय सहकार्यको एउटा नमूना बन्ने भएको विज्ञ बताउँछन् । यसले नेपाली प्राविधिकको आत्मगौरव बढाउनाका साथै उनीहरुमा उत्साह थप्ने छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको कुरा उद्धृत गर्दै नाष्टका प्रमुख व्यक्तिहरुले भन्नुभयो, “नेपालले अबको तीन वर्षमा मेगा स्याटलाइट उडाउने छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group