ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै


admin
४ बैशाख २०७६, बुधबार   ३ : ०१   बजे

काठमाडौं,५४ बैशाख । लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् ।

ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।

कुलेखानी तेस्रोको कूल चार दशमलव दुई किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिसकिएको छ । यस्तै माथिल्लो त्रिशूली थ्रि एको करीब पाँच किलोमिटर लामो मुख्य सुरुङमा आजदेखि बुधबारबाट पानी पठाएर परीक्षण शुरु गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

“अनेकन समस्या झेल्दै करीब करीब रुग्ण बनेका दुई आयोजना निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगी विद्युत् उत्पादन गर्ने अवस्थामा पुगेको छ”, हर्षित मुद्रामा कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौँ, यो आयोजनको महत्पूर्ण उपलब्धी हो ।

विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्, केही समयभित्रै विद्युत् उत्पादन शुरु हुन्छ ।” हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडले समयमा काम नगरी लापरवाही गरेको र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ हुँदै आएको थियो ।

विद्युत गृह, सुरुङलगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सो आयोजनामा एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको काम प्रभावित भएको थियो । प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभाशकुमार मिश्रले बताउनुभयो ।

“विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करीब ५०० मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत् उत्पादन प्रभावित हुँदैन”, उहाँले भन्नुभयो । मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाब र खानी खोलाको थप पानी प्रयोग गरिएको छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको सहायक आयोजना हो ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको शुरुको लागत रु दुई अर्ब ३३ करोड थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत दोब्बरले बढेर रु चार अर्ब ६३ करोड पुगेको छ ।

यस्तै रसुवा र नुवाकोटको सीमामा निर्माण भइरहेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको ३० मेगावाट विद्युत् यही १७ वैशाख भित्रै उत्पादन गर्ने तयारी गरिएको छ । आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उहाँका अनुसार मुख्य सुरुङमा पानी परीक्षण शुरु भएको छ ।

“यही १७ वैशाख भित्रमै एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने गरी आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले काम गरिरहेका छन्, प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो । त्यस्तै आयोजनाको दोस्रो युनिटबाट ३० मेगावाट विद्युत् आगामी असारभित्र उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रसारण लाइनसहित कूल लागत करीब रु १२ अर्ब ६० करोड रहेको सो आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका प्रभावित भएको थियो । पछि भारतको नाकाबन्दीका कारण आयोजनाले थप समस्या भोगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group