काठमाडौं, ५ बैशाख । बाँकेको कोहलपुरमा बिहीबार बिहानै मुख्य राजमार्गमा नै प्रेसरकुकर बम फेला परेको छ ।
इलाका प्रहरी कार्यालयबाट १५ सय मिटर टाढा रहेको कृषि बजार अगाडिको मुख्य राजमार्गमा प्रेसरकुकर बम फेला परेको हो ।
अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले बम भेटिएको स्थानलाई आफ्नो नियन्त्रणमा लिएको छ । कोहलपुर प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले भने पुर्व पश्चिम राजमार्गमा प्रेसरकुकर बम जस्तो शङ्कास्पत वस्तु भेटिएको जनाएको छ । एका बिहानै कोहलपुरमा बम भेटिएपछि सुरक्षामा कडाई गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्