पोखरा, ५ बैशाख । नेकपा विप्लवले आयोजना गरेको नेपाल बन्दका क्रममा गण्डकी प्रदेश सभाको निषेधित क्षेत्रमा शंकास्पद बम भेटिएको छ ।
पोखराको नदिपुर स्थित सो संकास्पद बस्तु भेटिएको हो । उक्त संकास्पद बस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन् ।
डिस्पोज गर्न डेटोनेटर झिक्ने क्रममा हातमै पड्केर कालीभंज्याँग गणका धर्मराज थापा घाइते भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हातमा चोट लागी घाईते उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्