ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमा समूहद्वारा जाँडरक्सी प्रतिबन्ध


admin
६ बैशाख २०७६, शुक्रबार   १ : १४   बजे

सप्तरी, ६ वैशाख । आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो ।

जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द भएको छ । आमा समूहकी अध्यक्ष महावती चौधरीका अनुसार मदिरा सेवनले बढेको घरलु हिंसा र सामाजिक विकृति रोक्न यहाँको महिला समूह सक्रिय भएका हुन् ।

मदिरा सेवनले पु¥याउने हानिनोक्सानीका बारेमा आमा समूहले जनचेतना फैलाउन थालेपछि तीन जनाको मदिरा पसल बन्द भएको ठेलिया स्वास्थ्यचौकिकी अनमी सुनिता चौधरीले बताइन् ।

गाउँका तीन जनाले अनुमति लिई मदिरा बिक्री वितरण गर्न थालेपछि सामाजिक विकृति फैलिएको भन्दै आमा समूहले जनचेतना अभियान थालेको हो । बजारमा पसल सञ्चालन गरी मदिरा बिक्री–वितरण गर्ने अनुमति लिएका उनीहरुले गाउँबस्तीमा गई पसल सञ्चालन गरेका थिए ।

वडा नं ११ का वडा अध्यक्ष मो. जीबरीलका अनुसार वडा कार्यालयबाट बजारमा पसल खोल्न सिफारिस लगेकोमा उनीहरुले सिफारिस विपरीत गाउँमा मदिरा बिक्री वितरण गरेपछि आमा समूहको सक्रियतामा पसल बन्द गराइएको हो ।

अनुमति लिनेमध्ये दुई जनाले मदिरा पसल बन्द गरेको र सियाकुमारी चौधरीले गाउँबाट हटाइ बजारमा पसल सञ्चालन गर्ने भनी कागज बनाइ सहिछाप गरेपछि छाडिएको उहाँले बताउनुभयो ।

सिफारिस विपरीत गाउँमै मदिरा बिक्री गरेमा प्रमाणपत्र रद्द गरी कानूनबमोजिम कारवाही गरिने वडाध्यक्ष जिबरिलले चेतावनी समेत दिनुभयो । दुई जनाले पसल बन्द गरे पनि पसल बन्द गर्न अटेर गर्ने सियाकुमारी विरुद्ध आमा समूहले वडा कार्यालय र इलाका प्रहरी कार्यालय ठेलियामा निवेदन नै दर्ता गरेका थिए ।

वडा कार्यालयमा वडा अध्यक्षको उपस्थितिमा हिजो अबेरसम्म आमा समूह, इलाका प्रहरी कार्यालयका प्रतिनिधिबीच भएको छलफलपछि सियाकुमारीले गाउँमा मदिरा बिक्री नगर्ने लिखित सहमति जनाउनुभएको छ ।

आमा समूह र प्रहरीले पटक-पटक सम्झाउँदा अन्य दुई जनाले मदिरा पसल बन्द गरेपनि सियाकुमारीले नमानेपछि वडा कार्यालयमा छलफल गरी कागज गराइएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो ।

आमा समूह सक्रिय भएपछि महिलामाथि हुने घरेलु हिंसा, मादकपदार्थ सेवन, झँैझगडाजस्ता घटना नियन्त्रणमा सहयोग पुगेको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रको भनाइ छ । मापसे गरेर होहल्ला, झैझगडा गर्नेबारे सूचना दिई प्रहरीमा जिम्मा लगाउन पनि नगर प्रमुख मिश्रले आग्रह गर्नुभयो ।

पुरुषले मादक पदार्थ खाएर श्रीमती कुट्ने, घरमा होहल्ला गर्ने र उच्छृशृङ्खल गतिविधि हुन थालेपछि आमा समूह सक्रिय भएका हुन् । आमा समूहको सक्रियतामा अभियान चलेपछि र कतिपयलाई पक्राउ गरी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group