ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीतपुरमा बालबालिका खोज्दै शिक्षक


एबीसी न्यूज
६ बैशाख २०७६, शुक्रबार   ५ : ४३   बजे


काठमाडौँ, ६ वैशाख । कपिलवस्तुका मायादेवी र शुद्धोधन गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु यति बेला विद्यालय नगएका बालबालिका खोज्दै गाउँगाउँ पुगेका छन् ।

आफ्नो सेवा क्षेत्रभित्र विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको जनाउँदै विद्यालयमा भर्ना गराउनका लागि शिक्षकहरु अहिले योजना बनाई गाउँ गएका हुन् ।मायादेवी – ३ मा रहेको मुनेश्वर माध्यमिक विद्यालय वहरवासीका प्रधानाध्यापक रामवेलास नागवन्सीले भन्नुभयो, “शिक्षकहरु मात्र होइन म पनि अहिले गाउँगाउँ गएर सामाजिक नक्शा तयार गरी पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाको पहिचान गर्ने काम गरेको छु ।” बालबालिका खोज्दै र अभिभावकलाई सचेतना जगाउँदै काम गरेको उहाँको भनाइ छ ।

वडा कार्यालयले यही वैशाख १५ गतेसम्म सबै विद्यालयलाई अभियान सञ्चालनका लागि घरदैलो, अभिभावक सचेतना तथा बाहिर रहेकाहरुको पहिचानका लागि योजना बनाएको छ । पूर्ण भर्ना अभियान घोषणा गरिए पनि यसको नियमित कार्यान्वयनका लागि यस्तो काम गरिहेको वडा नं ३ का वडाध्यक्ष सुकदेव तिवारीले बताउनुभयो । उहाँका अनुसार यसरी खोजिएका बालबालिकालाई वडा कार्यालयले शैक्षिक सामग्रीसमेत उपलब्ध गराउने छ । मायादेवी मात्र होइन यस्तो अभियान शुद्धोधन – १ पतरिया र नन्दनगरमा पनि सञ्चालन गरिएको छ । कपिलवस्तुका स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ जिल्लाका १० वटै स्थानीय तहमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu