ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी महानिरीक्षक खनालबाट उत्कृष्ट कार्यगर्ने नेपाल प्रहरीका ९ अधिकृत पुरस्कृत


एबीसी न्यूज
९ बैशाख २०७६, सोमबार   ६ : ३०   बजे



काठमाडौं, ९ बैशाख । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रहरी संगठन भित्र उत्कृष्ट कार्य गर्ने ९ जना अधिकृतलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभएको छ ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव महानिरीक्षक कमलबहादुर जिटी, प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की, मदनकुमार थापा, प्रहरी निरीक्षकहरु मातृकाप्रसाद गुरागाई, सुमनकुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल रहनुभएको छ ।

महानिरिक्षक खनालले सोमवार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीचे पुरस्कृत गर्नुभएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी उर्जाका साथ काम गर्नुपर्ने बताउनुभयो । उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटीरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आव २०७३÷०७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरुजुमध्ये समग्रमा ८५.१४ प्रतिशत बेरुजु फर्छ्यौट गरिएको र गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्र्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकार मन्त्रीस्तरको निर्णय अनुसार उहाँहरुलाई पुरस्कृत गरिएको हो ।

यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भए अनुरुप नगद ८ हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा महानिरीक्षक सर्वेन्द्र खनालले आफुमाथि कामै गर्न नसकेको आरोप लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कार्वाही गर्दा पनि आफूले सुःख नपाएको गुनासो गर्नुभयो । महानिरीक्षक खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दावी गर्नुभयो ।

हानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बञ्जनविरुद्ध प्रमाण नपुगेको कारण कार्वाही गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाले बञ्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुग्यो भने उनीमाथि कार्वाही हुने समेत बताउनुभयो । त्यसैगरि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले संगठन प्रमुखको १० वटा सांगठनिक प्राथमिकताहरुबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group