ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करछलीमा मौन, राजस्व कार्यालय लाहान


एबीसी न्यूज
९ बैशाख २०७६, सोमबार   ७ : १८   बजे



सिराह, ९ बैशाख । आन्तरिक राजस्व कार्यालय लाहान, बजारमा कर छलीका गुट्खा पान पराग धमाधम विक्री हुंदा मौन छ । बजारमा दुइ किसिमका यस्ता छली सामान भेटिएका छन् ।

भन्सार छलीका पान पराग गुट्खा लाहान बजारमा व्यापक फेला परेको छ । भारतबाट यस्ता गुटखा भन्सार छली गरेर नेपाल भित्रियाउने गरिएको छ ।

नेपालमा पनि यस्ता गुट्खाको अवैध विक्रीबितरण हुदै आएका छन् । गुटखा कारोबारीहरुले २० देखि २५ प्रतिशत गुटकामा राजस्वको स्टीकर लगाउने गरेको छन् । अधिकतम गुटखामा स्टीकर नलगाएको भेटिएको छ । उक्त छलीको विषयमा सोमबार लहान उद्योग वाणिज्य संघमा भएको व्यवसायीहरुको छलफल कार्यक्रममा यस्तो कारोबारको खुलासा भएको हो ।

आन्तरिक राजस्व कार्यालय लहान भने बेखबर जस्तै छ । लहान बजारमा गुटकामा व्यापक राजस्व छली हुंदा सम्बन्धित निकायहरु मौन छन् । पान गुटखामा विना स्टीकरको जिल्ला सिरहा , सप्तरी , धनुषा आदि सबै बजारमा व्यापक विक्री भइरहेको छ ।

यसवारे आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क गर्दा सबै ठाउ पुग्न नसकिएको बताएको छ । आन्तरिक राजश्वको बेवास्ताका कारण कर छलीमा व्यस्त व्यवसायी यस्ता धन्दा चलाइरहेको छन् ।
राजस्व छली हुन नदिन तथा नक्कली कमसल गुटखा विक्री वितरण नगर्न लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य आग्रह गरेका छन् ।

राजस्व छली, अखाद्य, म्याद नाघेको, नक्कली मालसमान खरिद विक्री नगर्न यसको लागि लहान नगरपालिकाले सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने व्यवसायी रमेश मुरारकाले बताए । बजारमा ९० प्रतिशत पेय पदार्थ म्याद नाघेको बिक्री वितरण भइरहेको यवसायीहरुको व्यापारीहरुको छलफलमा सो खुलासा भएको हो । नेपालमा पेय पदार्थको म्याद तीन महिना मात्रै तोकिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group