ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केटी जिस्क्याएको निहुँमा हत्या


एबीसी न्यूज
१० बैशाख २०७६, मंगलबार   ७ : १५   बजे


काठमाडौं, १० वैशाख । पाँच वर्षअघि हत्याको घटनामा संलग्नको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२०७० कात्तिक १२ गते पथरी शनिश्चरे नगरपालिका– ६ का ३२ वर्षका पारा भनिने हैकमसिंह मगरको हत्या आरोपमा आइतबार प्रहरीले स्थानीय रुद्र आङ्देम्बेलाई पक्राउ गरेको छ ।

प्रेमिका जिस्काएको आरोपमा विवाद भएपछि २६ वर्षका आङ्देम्बे सहितको समुहले मगरमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले बताएको छ । मगर बोल्न सक्दैन थिए । तर राति तिहारमा हिँडाउने नाँचको ‘रिहर्सल’ गर्ने क्रममा विवाद हुँदा उनको ज्यान गुएको हो । घटनापछि फरार रहेका आङ्देम्बे सोही दिन राति मधुमल्ला पुगेका थिए । भोलिपल्ट भागेर भारत पुगेका उनी आइतबार पक्राउ परेका हुन् । उनी गाउँ फर्किएका बेला आइतबार बिहान ८ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

प्रहरीका अनुसार मगरको हत्या ९–१० जनाको समूहले गरेको हो । हत्यामा संलग्न अन्य फरार छन् । पाँच वर्षपछि रुद्र पक्राउ परेपछि अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताएको छ । तत्कालिन समयमा प्रहरीले मगरको हत्यामा प्रयोग भएको रगत लागेको खुकुरी र कपडा आङदेम्बेको घरबाट बरामद गरेको थियो । तत्कालिन शनिश्चरे नगरपालिका– ६ सिसिसे डाँडाको ९हाल पथरी शनिश्चरे नगरपालिका–७० को स्थानीय क्लबले तिहारमा देउसी भैलो कार्यक्रमका लागि रिहर्सल आयोजना गरेको थियो । साँझ गरिएको रिहर्सलमा नृत्य सिक्नेबाहेक हेर्ने दर्शकहरु पनि आउथे । सोही क्रममा रुद्रको प्रेमिकालाई केही व्यक्तिले जिस्क्याएपछि विवाद सुरु भयो । विवाद बढ्दै जाँदा सुरु भएको झगडाको घानमा मगर परे । युवती जिस्क्याउने समूह भागेपछि बोल्न नसक्ने मगरमाथि कुटपिट गर्दै खुकुरी प्रहार भएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।

घटनापछि भागेका रुद्र भारतमा लामो समय बसेका थिए । भारतमा लामो समय लुकिछिपी बसेका रुद्रले नाम परिवर्तन गरी युनिक लिम्बु राखेका थिए ।

घटनापछि आफ्नो परिचय नै फेरका उनी कतार पनि पुगेको प्रहरी बताउँछ । कतारबाट फर्किएपछि उनले विवाह पनि गरेको प्रहरी बताउँछ ।ठाउँ परिवर्तन गरी लुकिछिपी बस्दै आएका रुद्रलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group