ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा शववाहन हस्तान्तरण


एबीसी न्यूज
१० बैशाख २०७६, मंगलबार   १० : ५९   बजे

चितवन, १० वैशाख । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी सङ्घले शववाहन हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार एक समारोहका बीच शववाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा आचार्यले क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलाई साँचो हस्तान्तरण गर्नुभएको थियो । अस्पतालको नाममा रहने शववाहनले आजदेखि सेवा शुरु गर्नेछ । सङ्घले रु १० लाख १२ हजार ४०० मा खरीद गरेको शववाहनले क्यान्सर अस्पतालसँगै जिल्लामा सेवा दिनेछ । सङ्घका अध्यक्ष सापकोटाका अनुसार जिल्लामा रहेका दुई शववाहनले मात्रै जिल्लामा विभिन्न कारणबाट मृत्यु भएकालाई अन्त्येष्टिका लागि लैजान असहज भइरहेका बेला सङ्घले शववाहन प्रदान गरेको बताउनुभयो । टाटा सुमो मोडलको सो शववाहन खरीदका लागि सरकारले भन्सार छुटको व्यवस्था मिलाएको थियो ।

एम्बुलेन्सको रूपमा ल्याइएको सो गाडीलाई यहाँ ल्याएर मर्मतसम्भार गरी शववाहनको रूपमा परिणत गरिएको हो । कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य घनश्याम दाहाल, अस्पतालका कार्यकारी निर्देशक आचार्य, क्यान्सर सेवा समाजका अध्यक्ष मास्केलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी रहेका थिए । जिल्लामा हाल शववाहनको पर्याप्तता नहुँदा शव एम्बुलेन्स र निजी सवारीमा बोक्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group