ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षदेखि अलपत्र विष्णुमती, सडकको काम नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध


एबीसी न्यूज
१० बैशाख २०७६, मंगलबार   ४ : ५८   बजे


s curve road

काठमाडौं, १० वैशाख ।  भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमी सडकको काम अहिलेसम्म नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध भएको छ । डल्लु पुलबाट टेकुपुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान बाध्य छन् ।

अरु साना सडक पनि बेलाबखत अबरूद्ध हुने भएकाले यात्रु मारमा पर्ने गरेको काठमाडौँ महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सडकको चौडाइ ८.५, सडकको पूर्वतिर पैदलमार्ग १.५ मिटर र नदीतिर बगैँचा बनाउनुपर्ने थियो । शहरको भित्री भागमा पानी ल्याउन प्रयोग गरिने यो सडक बन्द हुँदा स्थानीयवासीले पिउने पानी नपाएर समस्या हुने गरेको महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो ।

यो सडकले नदी पूर्वतिर महानगरपालिकाको १८, १९ र २० वडालाई छुन्छ । पूर्वतिरको भागको बाटो हाल अवरुद्ध रहेकाले धेरै समस्या भएको जनप्रतिनिधिको गुनासो छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कोरिडोर निर्माणको ठेक्का लगाएको हो । महानगरपालिका–१८ स्थित विष्णुमती नदी किनारको सार्वजनिक जग्गा मिचेर टहरा बनाइ बसेकालाई अझै समितिले हटाउनसकेको छैन भने कङ्केश्वरी पुलमुनिको सडकमा हालिएको ढलका कारण ठूला सवारी साधन छिर्न नसक्ने भएको वडा नं १९ का सदस्य चन्द्रमान डङ्गोलले बताउनुभयो । समितिले सडक छिटो निर्माण गर्न पहल नगरेको स्थानीयवासीको गनासो थियो ।

करोडौँको ठेक्का लिने निर्माण व्यवसायीले हप्तामा एक दुई कामदार ल्याएर काम गरेजस्तो गरी झुलाइ राख्ने गरेको जनप्रतिनिधिको भनाइ थियो । विसं २०७१ मा समितिले लुम्बिनी, गौरी पार्वती, कन्टेक जेभीलाई रु ६७ करोडमा ठेक्का दिएको थियो । उक्त आयोजनाको हालसम्म दुई पटक म्याद थपिएको छ । आउँदो असारसम्म ९० प्रतिशत काम सकिने आयोजनाका इञ्जिनीयर इन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group