सप्तरी, ११ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
खड्क नगरपालिका-१० ईनर्वाफुलबडिया बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय लाल मोहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सोही स्थानमा रहेको फुलेश्वर इँटाभट्टाको कम्पाउण्डभित्र कोही नभएको अवस्थामा गत बैशाख ६ गते मियाले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्