ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा गएका १६ को ज्यान गयो


admin
२५ आश्विन २०७४, बुधबार   १२ : ०४   बजे

पाँचथर, असोज २४ ।  वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ ।

मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय, पाँचथरले जनाएअनुसार सबैभन्दा बढी १२ जनाको साउदी अरबमा मृत्यु भएको छ ।

दुबईमा दुईजना, कतार र दक्षिण कोरियामा एक÷एक जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा जयकुमार राई, कतारमा राजकुमार नेम्वाङ, दुबईमा रञ्जित खपाङ्गी, राजकुमार नेपाली र साउदी अरबमा अमित राई, राजकुमार सुहाङ, लोकबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, ललित राई, मेघराज राई, वीरबहादुर विश्वकर्मा, चन्द्रहाङ आङबो, रणबहादुर खेवा, मदनकुमारी तुम्बापो, बलबहादुर सारु मगर र सुजन राईको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

मृतकमध्ये १४ जनाको परिवारलाई कम्पनीले मृतकले पाउन बाँकी भनी पठाएको तलब रु २९ लाख ६६ हजार ५२१ भुक्तानी दिइएको जिल्ला प्रशासन कार्यालय, पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाको हिलिहाङ गाउँपालिका–७ घर भएका मृतक चन्द्रबहादुर तामाङ र सुजन राईको परिवारले भने कम्पनीले पाउन बाँकी पठाएको तलब लिन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेची राजमार्गको माइखोला क्षेत्रमा सडक अवरोधप्रति सांसद बास्कोटाको ध्यानाकर्षण

देउवा एक्लै नेपाल फर्किए, आरजु र जयवीर नआउने

सम्बन्धित

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, मृतकको सनाखत हुन बाँकी

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

फिदिममा रेबिजविरुद्ध खोप अभियान, ५३ पशुलाई खोप

‘निम्सदाइ’को शव बेलायत लगिने भएपछि जन्मथलो म्याग्दीमा निराशा

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu