ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सापटी लिएको रुपैयाँ फिर्ता नदिदा साथिको हत्या


एबीसी न्यूज
१३ बैशाख २०७६, शुक्रबार   ८ : १४   बजे


लहान , १३ बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर -९ मा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा फेला परेको  रतनबहादुर तामाङको ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा आफ्नै साथि बाट हत्या गरिएको प्रहरी अनुशन्धान बाट खुलेको छ।

बिरामी हुँदा साथीबाट सापटी लिएको रुपैयाँ फिर्ता गर्न नमान्दा लहान नगरपालिका- ९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या भएको हो। तामाङका साथि सप्तरी राजविराज नगरपालिका- ३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापामगरले हत्या गरेको इलाका प्रहरी कार्यलय लहानमा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी जीवन श्रेष्ठ , डिएसपी माधव राज खरेल तथा इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश तथाको उपस्तिथिमा विहिबार सार्वजनिक गरिएको छ।

पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार सापटी रकम पटकपटक माग्दा पनि तामाङले आनाकानी गर्दा रिसको झोकमा उनको हत्या गरेको थापा मगरले स्वीकार गरेका छन्। तामाङको शव हत्या गरिएको अवस्थामा गएको शनिबार लहान नगरपालिका १७ बलान खोलामा फेला परेको थियो।उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । घटना भएको चार दिनमा प्रहरीले कसुरदार मगरलाई बुधबार धनगढीमाई नगरपालिका १० बाट पक्राउ गरेको थियो।

प्रहरीले पत्रकार सम्मेलनमा सार्वजानिक गरेको विवरण अनुसार मगर ६/७ वर्ष पहिलादेखि बेसार बिक्री गर्दै हिँड्ने क्रममा तामाङसँग चिनजान भएको थियो । तामाङको गोठटोलमा चिया पसल छ । त्यही क्रममा मगरले तामाङ बिरामी पर्दा ४५ सय रुपैयाँ सापटी दिएका थिए । रुपैयाँ फिर्ता माग्दा आनकानी गरी उल्टै मगरलाई डर र धम्की दिँदै आएका थिए । चैत ५ गते साँझ मगर तामाङको घरमा आयो । मासु र रक्सी पनि सेवन गर्‍यो । घरमा कसेलै थाहा नपाउने गरी तामाङकै घरबाट खुकुरी लियो । मगरले तामाङलाई ललाइ- फकाइ बजार घुम्न जाउ भन्दै घर बाहिर लग्यो । अघिअघि हिँडिरहेका तामाङले पछाडीबाट खुकुरी प्रहार गरी हत्या गरेको मगरले प्रहरीसमक्ष बयान दिएका छन् ।

हत्यापछि मगर फेरी फर्केर तामाङकै घर आएका थिए । तामाङकी पत्नी मनमाया तामाङसँग १५ सय रुपैयाँ र घरको मोबाइल सेट चोरेर हिँडेका थिए । प्रदेश र जिल्लाको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरी मगरलाई पक्राउ गरेको एसपी जिवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मगरलाई सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group