ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको जिल्ला नेतृत्व चयन भएपछि ….


admin
१३ बैशाख २०७६, शुक्रबार   ३ : १०   बजे

राँझा, १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह देखिएको छ । जिल्ला नेतृत्व चयनले स्थानीय तहका कमिटीसमेत चलायमान हुन थालेका छन् ।

बाँकेमा दुई महीनाअघि नै आठै स्थानीय तहमा अध्यक्ष, सचिव र कमिटीका सदस्यले शपथग्रहण गरे पनि जिल्ला नेतृत्व चयन नहुँदा अलमलको अवस्था रहेको थियो । नेकपा बाँकेमा अध्यक्षमा पुराना कम्युनिष्ट नेता तत्कालीन माओवादी केन्द्रका संयोजक आइपी खरेल र सचिवमा तत्कालीन नेकपा एमालेका अध्यक्ष अशोक कोइराला चयन भएकाले पनि कार्यकर्ता पङ्क्तिमा उत्साह देखिएको नेकपा जानकी गाउँपालिका कमिटीका अध्यक्ष पदम धितालले जानकारी दिनुभयो ।

“कमिटीको पहिलो बैठक बसेर वडातहमा कमिटी गठनको प्रक्रिया र कार्ययोजना अगाडि बढाए पनि जिल्ला तहमा कमिटी नभएका कारण कार्यक्रम गर्न अलमल भएको थियो”, उहाँले भन्नुभयो, “अब जिल्ला नेतृत्वको टुङ्गो लागेको छ, जिल्ला कमिटी चलायमान भएपछि हामीलाई पनि काम गर्न सजिलो हुनेछ ।”

नेपालगञ्ज उपमहानगरपालिका कमिटीका सचिव दत्तप्रसाद आचार्यले जिल्ला नेतृत्व चयन नहुँदा सङगठन विस्तार र पार्टीका गतिविधि गर्न धेरै कठिनाइ भएको उल्लेख गर्नुभयो । जिल्ला नेतृत्व चयनले पार्टी कमिटी र सर्वसाधारणसमेत उत्साहित भएको उहाँको भनाइ छ ।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले लामो समयसम्मको अन्योलका बीच अध्यक्ष र सचिव सिफारिस भएकाले सबैमा उत्साह ल्याएको बताउनुभयो । अनौपचारिकरूपमा पार्टीका काम शुरु गरे पनि शपथग्रहणलगत्तै योजनाबद्ध तरिकाले अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

स्थानीय तह कमिटीलाई वडातहमा कमिटी गठन गर्न र कमिटीलाई चलायमान बनाउन अनुरोध गरेको नेकपा बाँकेका कार्यदल सदस्य गोपाल गिरीले बताउनुभयो । बाँकेमा तत्कालीन नेकपा एमालेका अशोक कोइराला र गोपाल गिरी तथा तत्कालीन नेकपा माओवादी केन्द्रका अकल बम र प्रकाश सुवेदी नेकपा कार्यदल सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group