ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बारबरा एडम्स’ पत्रकारिता पुरस्कार, खड्का र ओलीलाई


एबीसी न्यूज
१३ बैशाख २०७६, शुक्रबार   ६ : ३५   बजे

काठमाडौँ, १३ वैशाख । ‘बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार–२०१८’ पत्रकारद्वय रुद्र खड्का र अर्जुन ओलीलाई प्रदान गरिएको छ ।

सिक्टा सिँचाइ आयोजनाको अनियमितता बाहिर ल्याउन खोज पत्रकारिता गरेको भन्दै नागरिक दैनिकमा कार्यरत खड्का र ओलीलाई संयुक्तरुपमा नगद रु एक लाख एक राशिको उक्त पुरस्कारले सम्मान गरिएको हो । यस्तै फाउण्डेसनले पत्रकार मकर श्रेष्ठलाई रु २५ हजार एक राशिको पुरस्कारबाट प्रोत्साहन सम्मान प्रदान गरेको छ । संसद् सचिवालयमा भएको बेथिति र अनियमिततासम्बन्धी खोजका लागि श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो ।

फाउण्डेसनका अनुसार सम्मानका लागि परेका ५३ वटा आवेदनमध्ये निर्णायक समितिले खड्का र ओलीलाई चयन गरेको थियो । सम्मानका लागि पत्रकार खड्काले काठमाडौँबाट र पत्रकार ओलीले नेपालगञ्जबाट सिक्टा सिँचाइ आयोजनाको अनियमितताबारे गरेको रिपोर्टिङको ४५ वटा शृङ्खलाबद्धरुपमा प्रकाशित भएका समाचार पेश गर्नुभएको थियो । ती सबै पुरस्कार बारबरा फाउण्डेसनद्वारा आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रदान गर्नुहुँदै प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले समाजमा सदाचार कायम गर्न खोजी पत्रकारितालाई अझ सशक्त बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि सदाचारसम्बन्धी विषयलाई सामाजिक शिक्षाको पाठ्यक्रममै समाबेस गरिनुपर्ने खाँचो औँल्याउनुभयो । कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले ‘सार्वजनिक सदाचार’ विषयमा प्रस्तुति दिँदै समृद्धिको यात्रालाई सार्थक गन्तब्यमा पु¥याउन सदाचार अनिवार्य आवश्यकता भएको बताउनुभयो । आफ्नो आवश्यकतालाई नियन्त्रणमा गर्नसक्नु नै सदाचारमा उक्लने पहिलो खुड्किलो हो भन्दै उहाँले सदाचारलाई पद्धति निर्माण गरी प्रभावकारी अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

पुरस्कृत पत्रकार खड्काले सम्मानले थप प्रेरणा र जिम्मेवारी बढेको बताउँदै आगामी दिनमा व्यावसायिक ढङ्गले निर्भिकरुपमा खोज पत्रकारितामा कलम चलाउने बताउनुभयो । सिक्टा आयोजनाको करीब ४५ किलोमिटर नहरको स्थलगतरुपमा समाचार सम्प्रेषण गर्नु निकै चुनौतीपूर्ण रहे पनि पुरस्कारले त्यो चुनौतीको प्रतिफल दिएको उहाँले उल्लेख गर्नुभयो । फाउण्डेसनका उपाध्यक्ष डा चन्द्रप्रसाद पोखरेलले खोज पत्रकारितालाई प्रोत्साहन गर्न बारबरा एडम्स पुरस्कारलाई अझ प्रभावकारी बनाउने योजना सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu