गुल्मी ,१६ बैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारले पिउने पानीमा विष हालिएको खुलासा भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझमा रहेको बिष्टको परिवार सहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको खुलासा भएको हो ।
सोमवार विहान इस्मा गाउँपालिका प्रमुखसेमत रहेका मन्त्री विष्टका दाजु लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएका बताएकी हुन ।
त्यस्तो जानकारी पाएपछि आफ्नो परिवारसहितका गाउँले उक्त ट्याङकीको पानी पिउन छाडेको अध्यक्ष विष्टले जानकारी दिए ।
उक्त ट्याङकीको पानी परीक्षण गराउन सदरमुकाम तम्घास लगिएको छ । यस विषयमा प्रहरीलाई खबर गरिएको अध्यक्ष विष्टले बताए । पानीमा विष हालियो भनेर खबर गर्ने महिलाको भनिएको नाम खुलेको छैन् । विष हालिएको हो कि होइना यस विषयमा पुष्टि हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्