ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिक्षा केन्द्रको अनुगमनमा चिटको राश् , अनुगमन नगर्न शिक्षकको माग : परिक्षा कक्षा १२


sharan sharan
१७ बैशाख २०७६, मंगलबार   १० : ०८   बजे

नेपालगन्ज, १७ बैशाख ।
देशभर जारी कक्षा १२ को परिक्षामा बाँकेको नेपालगन्जमा भने परिक्षा हल भित्र बोराका बोरा चिट फेला परेका छन् । मंगलबार नेपालगन्ज नगरका विभिन्न परिक्षा केन्द्रको अनुगमनको क्रममा परिक्षा हलमा ठूलो मात्रामा चिट भेटिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाले गरेको अनुगमनको क्रममा परिक्षा हलबाट बोराका बोरा चिट बरामद गरेको थियो । राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरले कक्षा १२ को परिक्षा परीक्षा मर्यादित र शान्तिपुर्ण रुपमा संचालन गर्ने बताएपनी नेपालगन्जका परिक्षा केन्द्रमा भने संस्थागत रुपमा नै चिट चोराइएको पाइएको छ ।
नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सात वटा परिक्षा केन्द्रबाट तीन बोरा चिट बरामद गरेको थियो । उपप्रमुख उमा थापामगर, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिती प्रमुख गोरख थापा र वडा अध्यक्षसहितको टोलीले बरामद गरेको चिट मंगलबार पत्रकार माझ सार्वजनिक गरेको थियो । मंगलबार कक्षा १२ को विज्ञान९फीजीक्स०को परिक्षा भएको थियो ।
नगर प्रमुख डा. राणाले संस्थागत रुपमै चिट चोराउने कार्य भएको दावी गरे । ‘अनुगमनको क्रममा संस्थागत रुपमा नै परिक्षा हलमा चिट चोराउने गरेको पाइएको छ’ उनले भने, ‘पहिलो पटकलाई कारवाही नगरिएपनी बुधबारबाट चिट चोराइएको पाइएमा कारवाही गरिने छ ।’


पहिलो पटकलाई चिट वरामद मात्र गरिएपनि अभिभावकमार्फत विद्यार्थीलाई सचेत रहन उनले आग्रह गरे । ‘शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरेका हौं’ नगर प्रमुख डा. राणाले भने / अनुगमनका क्रममा केही केन्द्राध्यक्षले अनुगमन टोलीसँग बाझाबाझ गरेको समेत उनले बताए ।
उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले निजी विद्यालयका विद्यार्थीले परिक्षा दिइरहेको केन्द्रमा अझैं वेजोग देखिएको भन्दै चिट चोर्ने र चोराउने काम संस्थागत रुपमै भएको बताए । निजि विद्यालयका विद्यार्थीहरुले परिक्षा दिइरहेको केन्द्रमा अझै बेजोग स्थिती रिजालले बताए ।
स्रोतका अनुसार परिक्षा केन्द्रका केन्द्राध्यक्ष लगायतको मिलोमतोमा सरकारी विद्यालयका भन्दा निजी विद्यालयका विद्यार्थीहरुले परिक्षा दिने केन्द्रहरुमा अमर्यादित रुपमा परिक्षा सञ्चालन भइरहेको छ ।
उता शिक्षकहरुको एउटा संगठनले नगर प्रमुखको अनुगमनलाई अनाधिकृत भनेको छ । नेपाल शिक्षक महासंघ बांकेले आज एक बिज्ञप्ती प्रकाशित गर्दै परिक्षा कैन्द्रहरुमा अनुगम गरेकोमा आपत्ती जनाएको छ । परिक्षा केन्द्रमा अनुगमन गरि चिटको राश बरामद गर्दा बिद्यार्थीहरुलाई त्रास पैदा भएको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group