काठमाडौं, १९ वैशाख । गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।
खोटाङ घर भइ हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बाटोको छेउमा रहेको पिपलको बोटमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको गौशाला प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान सात बजे स्थानीय बासिन्दाले देखेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
पिपलको बोटमा झुण्डिएको अवस्थामा शव भेटिएपछि प्रहरीले हत्या हो वा आत्महत्या अनुसन्धान शुरू गरेको छ
।
प्रतिक्रिया दिनुहोस्