ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमै एघार वर्षदेखि प्रसारण लाइन निर्माणमा अवरोध


admin
१९ बैशाख २०७६, बिहिबार   ५ : १०   बजे

काठमाडौं,१९ बैशाख । राजधानी बाहिर प्रसारण लाइन निर्माणमा अवरोध हुने र गरिने विषय सामान्य जस्तै हुन थालेको छ । कहीँ वनको समस्या, कहीँ जग्गाप्राप्तिको समस्या । निर्माण व्यवसायीले काम नगर्दा पनि आयोजनाले गति लिनसकेका छैनन् ।

तर, राजधानीभित्रै प्रसारण लाइन निर्माणमा अवरोध भयो भन्ने विषय भने सामान्य मान्न सकिँदैन । सरकारले आगामी १० वर्षभित्र १५ हजार मेगावाट बराबरको विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

उत्पादित विद्युत्लाई उपभोक्ताको घरसम्म पु¥याउन प्रसारण लाइन नै अत्यावश्यक संयन्त्र हो । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न रणनीतिक महत्वको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा विगत ११ वर्षदेखि अवरोध भइरहेको छ ।

अवरोध मात्रै नभई ठडिएको टावरसमेत ढालिएको छ । आर्थिक वर्ष २०५५÷५६ बाट शुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीयवासीको अवरोधका कारण निर्माण प्रक्रियाले गति लिनसकेको छैन । ललितपुरको खोकना, बुङमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ र भक्तपुरतर्फको प्रसारण लाइनको काम सम्पन्न भए पनि ललितपुर खण्डमा स्थानीयवासीले अवरोध गरेका कारण अगाडि बढाउन सकेको छैन । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सार्थक बन्न सकेको छैन ।

स्थानीयवासीको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा विद्युत् आपूर्ति गर्न थप समस्या हुने देखिएको छ । वर्षेनी विद्युत्को माग बढ्दै गएको छ । बस्ती विस्तार पनि उत्तिकै मात्रामा भइरहेको छ ।

तर प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध नहटे ललितपुरलाई थप विद्युत् दिने माध्यमसमेत नहुने भन्दै प्राधिकरणले समस्या समाधानका लागि संवादमा आउन स्थानीयवासीलाई आग्रह गर्दै आइरहेको छ ।

तर स्थानीयवासीले मार्ग परिवर्तन गर्न भन्दै प्राधिकरणको प्रस्तावलाई अस्वीकार गर्दै आएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ललितपुरमा विद्युत्भार कटौतीको अवस्था बढ्ने भन्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजनास्थलको निरीक्षणसमेत गरेको जानकारी दिनुभयो ।

घिसिङलगायतको टोलीले स्थानीयवासीले मुख्यरूपमा अवरोध गरेको खोकना, बुङमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएको थियो । उहाँले ललितपुर महानगरपालिका–२१ खोकनामा ढालिएको २७ नं टावर स्थानीयवासीले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिनअघि ढलेको थियो ।

“मातातीर्थमा करीब एक हजार ५०० मेगावाट क्षमताको सवस्टेशन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिँदैन”, घिसिङले भन्नुभयो, “स्थानीयवासीले प्रसारण लाइन बनाउन दिँदैनन्, खडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति दिने ? प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउँदैछ ।”

यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौँ, ललितपुर र भक्तपुरमा १३२ केभी क्षमताको प्रसारण लाइनको रिङ बनाउने गरी काम अगाडि बढेको छ । सो प्रणालीबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुनेछ । हाल ललितपुरमा स्युचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । यो लाइन हाल ‘ओभर लोड’ हुने गरेको छ ।

ललितपुरको खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शत्प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्नेलगायत माग राख्दै निर्माणमा अवरोध गरेको प्राधिकरणको भनाइ छ ।

खोकनाका स्थानीयवासीले काठमाडौँ–निजगढ फास्ट ट्र्याक, बाहिरी चक्रपथकोसँगै र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्दा आफूहरुको सबै जग्गा सरकारको नाममा जाने र आफूहरु सुकुम्वासी हुने बताउँदै आएका छन् । प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धि र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ ।

तर स्थानीयवासीले अधिग्रहण गरेको जग्गामा समेत काम गर्न दिएका छैनन् । प्रसारण तारमुनि पर्ने नौ मिटर दाँया र नौ मिटर बाँयाको अधिकार क्षेत्रमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा नै छ ।

प्राधिकरणले टावर रहने स्थानको जग्गाको शत्प्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ । काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो । प्रसारण लाइन आयोजनाको ललितपुर पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नुपर्ने छ ।

त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टाँगिएको छैन । कूल २८ किलोमिटर प्रसारण लाइनको अनुमानित लागत दुई करोड ३० लाख अमेरिकी डलर छ । स्थानीयवासीको अवरोधले काम रोकिएपछि प्राधिकरणले आव ०६६÷६७ मा ठेक्का तोडेको थियो ।

टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोको भनाइ छ । उहाँले स्थानीयवासीको अवरोध हटेर काम शुरु भए ६ महीनाभित्रमा निर्माण सकिने अवस्था छ । पछिल्ला दिनमा विद्युत्को माग बढिरहेको तर आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा कठिनाइ मात्रै नभई विद्युत्भार कटौती गर्नुपर्नेसम्मको बाध्यात्मक अवस्था आउन लागेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group