ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैदी बन्दीबीच कुटाकुट : ५ जना घाइते


admin
२० बैशाख २०७६, शुक्रबार   ३ : २०   बजे

दाङ,२० बैशाख । दाङको घोराही स्थित कारागार भित्र रहेका भाई नाईके र कैदी बन्दीबीच कुटाकुट हुँदा ५ जना घाईते भएका छन् ।

घाईते मध्ये ४ जनाको टाउकोमा चोट लागेको छ, भने १ जनाको हात भाचिएको कारागार शाखाले जनाएको छ । शुक्रबार २ वजे एकाएक झडप भएको थियो । घाईते ४ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरि हाल कारागार मै राखिएको छ ।

एक जना घाईतेको कुमको हड्डी भाँचिएको आशंकामा उपचारका लागि प्रतिष्ठानमै राखिएको छ । कारागारका नाईके र कैदीबन्दी बीच आन्तरिक व्यवस्थापनका विषयमा कुरा नमिल्दा झडप भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । भाई नाईकेले कैदिबन्दीहरुलाई समान व्यवहार नगरेको भन्दै विवाद भएपछि झडपमा परिणत भएको बताईएको छ ।

नाईकेको व्यवहार समान नभएपछि समुह नै बनाएर विवाद भएको र कुटाकुट भएको हो । नाईकेले समान व्यहार नगर्ने, सेवा सुबिधा उपभोगमा बिभेद गर्ने, बोलि व्यवहारमा दवाउने जस्ता कार्यहरु भएपछि पिडितहरुले समुह नै बनाएपछि झडपको स्थिती आएको बताईएको छ ।

कारागार ऐन २०१९ अनुसार जघन्य अपराध नगरेको, निश्चित कैद भुक्तान गरेको र आचरण राम्रो भएको कैदिलाई नाईकेको जिम्मेवारी कारागार प्रशासनले दिने अधिकार छ । यसैविच कैदिबन्दीहरु बिच भएको कुटाकुटको विषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालयले तीन सदस्य समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अमरराज शर्माको नेतृत्वमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रहरी निरीक्षक एक एक जना गरि ३ सदस्यिय छानविन समिति गठन भएको हो । समितिले ३ दिन भित्र घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउने अधिकार पाएको छ ।

हाल घोराही कारागारमा ३ सय बढी कैदीबन्दीहरु बस्दै आएका छन् । ७० जनाको क्षमता रहेको कारागारमा अहिले ३ सय १७ जना कैदी बन्दी बस्दै आएको जेलर विष्णु पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group