काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नेपालीको सुखदुखमा सरकार घरदैलोमा पुगेको भन्दै सह्राना गर्नुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले तुइन मार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा पुगेको भन्दै सरकारको सह्राना गर्नुभएको हो ।
उहाँले प्रसव पीडामा छटपटिएकी सुत्केरीको उद्धार होस् वा हावाहुरीबाट प्रभावित बारा पर्साका पीडितहरुको लागि होस् सरकार तदारुकताका साथ उपस्थित भएको बताउनुभयो । नागरिकका घर दैलोमा नै सरकार पुगेको आभास दिलाउन कुनै कसर सरकारले बाँकी नराखेको भन्दै उहाँले यस्तो कार्यलाई अझै तीव्र बनाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्