ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोलामा विष र करेन्ट प्रयोग गर्न थालेपछि….


admin
२१ बैशाख २०७६, शनिबार   १० : ५७   बजे

काठमाडौं ,२१ बैशाख । कुनै बेला आफ्नै घर अगाडि रहेको रिग्दीखोलामा माछा मारेरै जीविका चलाउँदै आउनुभएका चितवनको इच्छाकामना गाउँपालिका–२ का मनबहादुर चेपाङको आज भोलि घरमा बास छैन ।

घरपरिवार पाल्नकै लागि मजदूरी गर्न देशका विभिन्न जिल्लामा जानुपर्ने बाध्यता छ । कारण हो आज भोलि खोलामा माछानै पाइन छाड्यो । दिनभर दुवाली र जालले मारेको माछाले उहाँको परिवारको खर्च टर्ने गथ्र्यो ।

उहाँले हप्ताभरि माछा मारेर सुकुटी बनाएर बजारमा बेच्न लैजाने र त्यसैबाट आवश्यक खाद्यान्नलगायत अन्य सामग्री किनेर ल्याउने गर्नुहुन्थ्यो । तर, केही वर्षयता विष र करेन्ट प्रयोग गर्न थालेपछि मन बहादुरको रोजीरोटी खोसियो ।

उहाँले भन्नुभयो, “पछिल्लो केही वर्षयता यो खोलामा माछा पाइन छाड्यो, करेन्ट र विषले माछा मासियो, खेतीपाती गर्न प्रशस्त जमीन छैन, अहिले विभिन्न जिल्लामा मजदूरी गर्न जान बाध्य छु ।” यस्तै नरबहादुर चेपाङले पनि खोलामा विष र करेन्टले माछा मासिँदा आफूहरु मर्कामा परेको बताउनुभयो ।

जाल, दुवाँली र ढडीयाबाट मारेको माछा स्वादिष्ट हुनुका साथै खोलामा माछा नमासिने उहाँको भनाइ छ । खोलामा विष हाल्न र करेन्ट लगाउन रोक लगाउनु पर्ने उहाँको माग छ । खोलामा विष हाल्ने र करेन्ट लगाउनेजस्ता कार्य गर्दा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो उहाँहरुको छ ।

स्वादिष्ट रिग्दीको असला माछा, पाहुनालाई सत्कार मुग्लिनका रोहिणी त्रिपाठीका अनुसार रिग्दीखोलाको असला माछा राजदबारसमेत पुग्ने गथ्र्यो । यहाँको माछा स्वादिष्ट रहेका कारण अत्याधिक माग हुन्थ्यो । मुग्लिन बजार र नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका होटलमा रिग्दीखोलाको माछा प्रख्यात थियो ।

आज भोलि रिग्दीको माछा पाइन छाडेको धेरै भयो । त्रिपाठीका आनुसार चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी भेग हुँदै बगेको यस खोलाको माछा पाहुनाको सत्कारका लागि पनि प्रयोग हुने गर्छन् ।

सो गाउँपालिकाअन्तर्गत साविकको गाविस चण्डीभञ्ज्याङ, दाहाखानी र काउलेका समुदायले घरमा पाहुना आउँदा मासुको सट्टा माछाको परिकार खुवाउने गर्छन् । टाढा–टाढा रहेका आफन्तलाई कोसेलीसमेत पठाउने गर्छन् ।

काउले मुहान रहेको रिग्दीखोला नारायणगढ –मुग्लिन सडकखण्डअन्तर्गत सिमल तालमा पुगेर त्रिशूली नदीमा मिसिएको छ । चितवनको उच्च भागबाट बगेको रिग्दीखोलाको चिसो पानीमा पाइने असला माछा स्वादिष्ट हुन्छ ।

रिग्दी खोलाको माछा विष र करेन्टले मासिँदा खोला आसपास माछा मारेर जीविकोपार्जन गर्ने चेपाङ समुदाय मर्कामा परेको उहाँले बताउनुभयो । रिग्दी खोलाको संरक्षण गर्नसके पाखो बारीमा उब्जाएको कोदो मकैले छ महीना पनि खान मुस्किल पर्ने चेपाङ समुदायलाई जीविकोपार्जन गर्ने सहज हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group